सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । 

संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ । 

साथै, सभामुख देवराज घिमिरेले ‘केही नेपाल  ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  बैठक १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०७:५८

लोकप्रिय