सूचनाको शक्ति - The Power Of Information

        

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ । 

एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो । 

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो । वर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाँडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।  

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०७:५५

लोकप्रिय