२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday
आजको मौसम :

कोशी, मधेश र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

आवश्यक सतर्कता अपनाउन अनुरोध
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १८ गते सोमबार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार