सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो ।

त्यस्तै आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले र्‍याली र सभा गर्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतवार १८:३१

लोकप्रिय