२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

चट्याङ लागेर दिदीकाे ज्यान गयाे, बहिनी घाइते

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८० भदौ १७ गते आइतबार

चट्याङ लागेर बाजुरामा दिदीकाे ज्यान गएकाे छ भने बहिनी घाइते भएकी छिन् ।

गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता घाइते भएकी छिन् ।

कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएकाे प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ ।

घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार