सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया कारागारबाट कैदी फरार

बर्दिया कारागारबाट आइतबार बिहान कर्तव्य ज्यान मुद्दाका एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका—८ का २७ वर्षीय अजित बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको अनुसन्धानमा देखिएको बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

फरार भएको जानकारी पाउना साथ जिल्ला र सीमावर्ती नाकामा खोजतलासका लागि प्रहरी परिचालन गरिएको डिसपी बोहोराले जनाए । ०७१ सालमा ठाकुरबाबा—८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।

बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए । अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो । उनले एक वर्ष सजाय भोगिसकेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतवार ०७:५५

लोकप्रिय