सूचनाको शक्ति - The Power Of Information

        

कोशी प्रदेश सरकार विरुद्धको रिटमा आज सुनुवाई हुँदै

कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ ।

सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी मूख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो ।

सर्वोच्चले यही भदौ ७ गते विश्वासको मत संविधान सम्मत नदेखिएको भन्दै प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम नगर्न आदेश दिएको थियो । सर्वोच्चले उक्त मुद्धालाई अग्राधिकारमा राख्दै विपक्षीलाई भदौ १३ गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ०९:११

लोकप्रिय