सूचनाको शक्ति - The Power Of Information

        

आज सार्वजनिक बिदा

 आज काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको बताइएको छ ।

नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ०८:२१

लोकप्रिय