सूचनाको शक्ति - The Power Of Information

        

`छ्क्का पन्जा ४´ ले ५१ औ दिनमा कति कमायो ?

फागुन १९ बाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ शनिवार ५१ औं दिन मनाउन सफल भएको छ ।

फिल्मले देशभरका १६ वटा हलमा ५१औं दिन मनाएको हो । शनिवारको दिन सम्म आइपुग्दा फिल्मले घरेलू बजारमा १८ करोड ग्रस कलेक्सन गरेको छ ।

राजनीतिक विषयमा केन्द्रित ‘छक्का पञ्जा ४’ले विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई पनि देखाउन खोजेको छ ।

अहिले बर्तमान अवस्थालाई नै मिल्दोकथा भएका कारण पनि फिल्मले सहजै ५१ औं दिनमा टेकेको हो ।`छक्का पञ्जा’को यसअघिका तीन श्रृंखला पनि घरेलू बक्सअफिसमा सुपरहिट भएका थिय ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् ।हेमराज विसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य, मलिना जोशीलगायतको अभिनय छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०८:०२