नेपाली चलचित्र जारी लिक भएको छ । चलचित्र रिलिज भएकै दिन वैशाख १ गते राति सामाजिक सञ्जालमा फिल्म लिक भएको हो । १ घण्टा ४१ मिनेट लामो क्लिप लिक भएको हो ।
लिक भएपछि त्यसलाई हटाउने गरी निर्माण पक्षले काम गरिरहेको निर्देशक उपेन्द्र सुब्बाले बताए । उनले चलचित्रको फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै कानूनी प्रक्रियामा जाने जानकारी दिए ।
नयाँ वर्षदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिन सुखद व्यापार गरेको थियो । पहिलो दिन आक्रामक व्यापार गरेको जारीले दोस्रो दिन पनि हल हाउसफुल देखिएको छ । समीक्षकहरूबीच राम्रो चर्चा पाइरहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल र रोयदीपको मुख्य भूमिका छ ।
चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु चलचित्रमा देखाइएको छ । हाँसो र आँसुलाई काव्यात्मक ढंगमा पेश गरिएको चलचित्रमा सम्बन्धमा आउने दरार र पितृसत्तात्मक समाजमा नारीले भोग्नुपर्ने उत्पीडनलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं