सूचनाको शक्ति - The Power Of Information

        

करिअरकै असफल फिल्म बन्यो ‘छड्के’, छैटौं दिनमै मल्टिप्लेक्सबाट आउट !

अहिले नेपाली सिनेमा घरमा दीपक–दीपाको ‘छक्का पञ्जा ४’ले तहल्का पिटिरहेको छ । ‘छक्का पञ्जा ४’ ले राम्रो कलेक्सन गरिरहँदा एकैदिन प्रदर्शन गरिएको अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ भने नराम्रोसँग पछारिएको छ ।

प्रदर्शनको छैटौं दिन दर्शक नपाएपछि ‘छड्के २’ मल्टिप्लेक्सबाट उत्रिएको छ । क्यूएफएक्स चेनले सबै हलबाट यो फिल्म उतारेको छ । यो फिल्मका लागि अनमोलले लामो वर्कसप गरेका थिए । यही फिल्मबाट आफ्नो छवि बदल्ने प्रयत्नमा रहेका अनमोलले फिल्मको प्रचारमा पनि समय दिएका थिए । तर फिल्मले प्रचार खर्चसमेत उठाउन सकेन ।

व्यापारसँगै यो फिल्मले समीक्षा पनि राम्रो पाएन् । यो फिल्म अनमोल केसीको करिअरकै असफल फिल्म साबित भएको छ । यसअघि उनका कुनै पनि फिल्मको व्यापार यति खराब भएको थिएन । निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा अनमोल ग्याङस्टारको भूमिकामा छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १७:२४