बाँके । सरकार त्यस्तो संस्था हो, जसले नागरिकका पीर, मर्का र समस्या बुझी समाधान गर्ने र सुशासनको प्रत्याभूति गराउने कार्य गर्छ । सङ्घीय शासन प्रणाली स्थापित भइसकेपछि नेपाली नागरिकले आफ्नो परम्परागत जीवनशैली बदलिने ठूलो आशा गरेका थिए । सरकारद्वारा आफ्ना समस्याको सम्बोधनको अपेक्षा पनि गरेका थिए ।
तीन तहको सरकारले नागरिकका अपेक्षा पुरा गर्ने भन्दै नागरिकले प्रत्यक्ष मतदान गरेर तीनै तहमा जनप्रतिनिधि चुने । गाउँगाउँमा सिंह दरबारको नारा लगाइयो । गाउँमै सिंहदरबार आएको भन्दै नागरिकहरु मख्ख भए । तर उनै नागरिकबाटै चुनिएका जनप्रतिनिधिहरु दिनप्रतिदिन भ्रष्टाचारको दलदलमा फस्न थाले ।
बार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भने भ्रष्टाचार निकै मौलाएको छ । स्थानीय तहहरु ‘भ्रष्टाचारको अखडा’ बन्दै गएपछि सुशासनको स्थापना र भ्रष्टाचार अन्त्यको सपना देखेका नागरिकहरु अच्चमित बनेका छन् । विकास र समृद्धिका लागि भन्दै चुनिएका जनप्रतिनिधि कमाउधन्दामा लिप्त बनेका छन् ।
गाउँ, टोल, वडा, बस्ती र समग्र देशकै विकासको जिम्मा पाएर नागरिकबाट चुनिएका जनप्रतिनिधिहरुबाटै आर्थिक अनियमितासँगै भौतिक संरचना निर्माणमा कम गुणस्तरका संरचना बनाएर कमाउधन्दामा लागेपछि नागरिकहरुले देखेका विकास र समृद्धिका सपना चकनाचुर भएसँगै गाउँका सिंहदरबार भ्रष्टाचारले गन्हाउन थालेका छन् ।
भ्रष्टाचारमा लिप्त भएर गन्हाएको गाउँका सिंहदरबारमध्ये कोहलपुर नगरपालिका बाँकेमै अग्रपक्तिमा पर्छ । एक जना जनप्रतिनिधिको ‘कालो झोला’बाट निर्देशित हुने नगरपालिका भ्रष्टाचारको दलदलमा फस्दै गएको छ । उक्त ‘कालो झोला’धारी कार्यपालिका सदस्य डिलबहादुर परियारको नगरपालिकामा हालीमुहाली छ ।
नगरपालिकाका मेयर लुटबहादुर रावतको सेटिङ्गमा नीति नियम र मापदण्ड विपरितका काममा ‘मनमौजी’ गरिरहेका ‘कालो झोला’धारी कार्यपालिका सदस्य परियारलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली, योजना शाखा प्रमुख अग्नी आचार्यले ‘होस्टेमा हैसे’ गर्दै गलत कामलाई पनि साथ दिइरहेका छन् ।
कोहलपुर नगरपालिका कार्यालयमा कार्यपालिका सदस्य परियार, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शाखा प्रमुख आचार्यबाहेक अन्य जनप्रतिनिधि र कर्मचारीको कुनै जोडबल र भनसुन चल्दैन । उनीहरुकै इशारामा नगरपालिका कार्यालय ‘मनमौजी’रुपमा चलिरहेको अन्य जनप्रतिनिधि र कर्मचारीहरु बताउँछन् ।
नगरपालिकाको बजेट तर्जुमादेखि हरेक योजनामा उनीहरूकै हालिमुहाली हुने गरेको छ । अर्थहीन काममा अनाबश्यक बजेट खर्चदेखि सरकारी सम्पतिको दुरूपयोगमा समेत उनीहरूको आदेश र निर्देशन चल्नुका साथै रकम बाँडफाडँमा ‘मनमौजी’ चल्दै आएको कोहलपुर नगरपालिकाका एक जना कर्मचारी नाम नछाप्ने सर्तमा बताउँछन् ।
नगरपालिकामा कर्मचारीभन्दा धेरै सवारी साधन खरिद भएका छन् । यी सबै खरिद गर्न मेयर लगायतको जनप्रतिनिधिलाई हौसाउने पनि यीनै तीन जना रहेको खुलेको छ । नयाँ गाडी खरिद गर्न लगाउने कम्पनीसँग बार्गेनिङ्ग गरेर मोटो रकम दामासाहीमा कमिशन समेत लिने गरेको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
थप समाचारहरु पनि पढ्नुहोस् :
‘भ्रष्टाचारको अखडा’ बनेको कोहलपुर नगरपालिकाभित्र लुटतन्त्रका तीन पात्र भनेर ‘छवि, दिल र अग्नी’लाई चिनिन थालेको कर्मचरीहरु नै बताउँछन् । सूचना लुकाउनेदेखि पत्रकारलाई धम्की दिनेसम्मका गतिविधिमा संलग्न तीन पात्र ‘छवि, दिल र अग्नी’को व्यवहारले कोहलपुर नगरपालिका कार्यालयकै कर्मचारी पनि आजित छन् ।
नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएको बताउँछन्, कोहलपुरका युवा नेता भुम भण्डारी । उनी भन्छन्, ‘नगरपालिका कार्यालय नै ‘छवि, दिल र अग्नी’को कब्जामा छ । अरु कर्मचारी निरिह छन् । भ्रष्टाचार मौलाएको छ ।’
नगरपालिकाका उपमेयर सञ्जु चौधरी लगायतका जनप्रतिनिधि कानमा तेल हालेर थपडी बजाउँदै बसिरहेका छन् । धेरै मह चाट्न नपाए पनि थोरैथोरै मह औलामा लगाएर स्वाद लिइरहेका उनीहरू पनि कार्यावधि सकिनै लाग्दा कसरी कमाउने भन्ने दाउमै देखिन्छन् । कोहलपुर नगरपालिका भ्रष्टाचारको दलदलमा फसेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि सूचना अधिकारीले कुनै पनि योजनाको सूचनासमेत दिन मान्दैनन । अख्तियार दुरूपयोग आयोगसँग पनि सेटिङ्ग मिलाइसकेको भन्दै कसैले आफूहरुलाई छुनसम्म नसक्ने भन्दै तीन जना पात्र ‘छवि, दिल र अग्नी’ले नगरपालिकामा अर्थहिन बजेट खर्चेर कमिसन असुल्दै आएको स्रोत बताउँछ ।
बेकामे योजनामा लगानी गर्दै आएको जसबाट मोटो रकम कमिशन असुलीसमेत हुँदै आएको खुलेको छ । नगरपालिकामा हालिमुहाली मच्चाइरहेका ‘छवि, दिल र अग्नी’कै कारण कोहलपुर नगरपालिका लगातार विवादमा आइरहेको छ । छविलाल नेपाली प्रमुख प्रशासकीय अधिकृत भएर आएदेखि नगरपालिका लगातार विवादीत बनिरहेको छ ।
नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएको भए पनि अख्तियार मौन रहेको छ । नगरपालिकामा भ्रष्टाचार मौलाउँदा पनि नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय मोन बस्नुले थप शंका पैदा गरेको छ ।
कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा चलाउने अड्डा नै बनेको छ । चरम आर्थिक घोटाला गर्दै आएका कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा र ब्रह्मालुटको अखडा बनेको छ । नगरपालिकाभित्र हुने कतिपय कामहरुका बारेमा विपक्षी जनप्रतिनिधिलाई जानकारीसमेत हुँदैन ।
कोहलपुर नगरपालिकाभित्र मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, कार्यपालिका सदस्य डिलबहादुर परियार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र योजना शाखाका प्रमूख अग्नी आचार्यले हप्तैपिच्छे गलत क्रियाकलाप गर्दै जाँदा पनि अन्य जनप्रतिनिधिहरु टुुलुटुलु हेरेर बस्न बाध्य छन् ।
नगरपालिकामा भएको विकृति र बिसङ्गतिविरुद्ध केही जनप्रतिनिधिले बिरोध गरे पनि राम्रा विषयमा सुनुवाई नभएको कोहलपुर नगरपालिका जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा एक जनप्रतिनिधि बताउँछन् । उनले कोहलपुर नगरपालिकामा हरेक वर्ष विनियोजन हुने बजेटमा चरम भ्रष्टाचार हुने गरेको दाबी गरेका छन् ।
।