बाँके । बाँकेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधि छन् । प्रशासनीक कामकाजका लागि कर्मचारी पनि छन् । जनप्रतिनिधि भएको बेला स्थानीय तह सञ्चालनको दायित्व उनीहरूकै हुने प्रावधान छ ।
कर्मचारीले उनीहरूलाई नीति नियम र मापदण्डमा रहेर सहयोग गर्नपर्ने देखिन्छ । तर, कोहलपुर नगरपालिका कार्यालय भने दुई जना कर्मचारी र एक जना कार्यपालिका सदस्यको कालो झोलामा दौडिन्छ । यहाँ अन्य जनप्रतिनिधिको कुनै जोडबल र भनसुन चल्दैन ।
मेयर लुटबहादुर रावतको सेटिङ्ग र मिलेमतोमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली, योजना प्रमुखको जिम्मेवारी सम्हालेका अग्नी आचार्य र कार्यपालिका सदस्य डिलबहादुर परियारको इशारामा नगरपालिका चलिरहेको यहाँका जनप्रतिनिधि र कर्मचारीहरु बताउँछन् ।
प्रमूख प्रशासकीय अधिकृत छविलाल नेपालीको कार्यकक्ष । जहाँ उनलाई भेट्न महिनौं कुनुपर्छ ।
नगरपालिकाको बजेट तर्जुमादेखि हरेक योजनामा उनीहरूकै हालिमुहाली हुने गरेको छ । अर्थहीन काममा अनाबश्यक बजेट खर्चदेखि सरकारी सम्पतिको दुरूपयोगमा समेत उनीहरूको आदेश र निर्देशन चल्नुका साथै रकम बाँडफाडँमा पनि उनीहरूकै मौनमजी चल्दै आएको देखिएको छ ।
नगरपालिकामा कर्मचारीभन्दा धेरै सवारी साधन खरिद भएका छन् । यी सबै खरिद गर्न मेयर लगायतको जनप्रतिनिधिलाई हौसाउने पनि यीनै तीन जना रहेको खुलेको छ । नयाँ गाडी खरिद गर्न लगाउने कम्पनीसँग बार्गेनिङ्ग गरेर मोटो रकम दामासाहीमा कमिशन समेत लिने गरेको नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
नगरपालिका नै तीन जनाको कब्जामा गए पनि उपमेयर सञ्जु चौधरी लगायतका जनप्रतिनिधि कानमा तेल हालेर थपडी बजाउँदै बसिरहेका छन् । धेरै मह चाट्न नपाए पनि थोरैथोरै मह औलामा लगाएर स्वाद लिइरहेका उनीहरू पनि कार्यावधि सकिनै लाग्दा कसरी कमाउने भन्ने दाउमै देखिन्छन् । कोहलपुर नगरपालिका भ्रष्टाचारको दलदलमा फसेको छ ।
थप समाचारहरु पनि पढ्नुहोस् :
कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?
कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग
कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र
कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’
कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’
स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार
कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च
बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’
यसैले पनि यहाँका प्रमुख प्रशासकीय अधिकृतदेखि सूचना अधिकारीले कुनैपनि योजनाको सूचनासमेत दिन मान्दैनन । अख्तियार दुरूपयोग आयोग तैचुप मैचुपको अवस्थामा छ । वीरेन्द्रदेव भारती हुँदा विवादीत नबनेको कोहलपुर नगरपालिकामा छविलाल नेपाली प्रमुख भएर आएदेखि लगातार विवादीत बनिरहेको छ ।
यद्दपी यहाँ पछिल्लो समय वीना अर्थको बजेट वेकामे योजनामा लगानी गरिएको छ । जसबाट मोटो रकम कमिशन असुलीसमेत हुँदै आएको खुलेको छ । पटक–पटक विवादमा आइरहने नगरपालिकामा केही जनप्रतिनिधि र कर्मचारीको राज चलेको छ । जनप्रतिनिधि र कर्मचारीकै कारण नगरपालिकामा भ्रष्टाचार मौलाएको छ ।
सूचना लुकाउनेदेखि पत्रकारलाई धम्की दिनेसम्मका गतिविधिमा केही जनप्रतिनिधि र कर्मचारी संलग्न हुँदै आएका छन् । नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएको विभिन्न गतिविधिहरुले देखाइरहेका छन् ।
कर्मचारी नहुँदा अस्तव्यस्त बनेको कार्यकक्ष ।
कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा चलाउने अड्डा नै बनेको छ । चरम आर्थिक घोटाला गर्दै आएका कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा र ब्रह्मालुटको अखडा बनेको छ । नगरपालिकाभित्र हुने कतिपय कामहरुका बारेमा विपक्षी जनप्रतिनिधिलाई जानकारीसमेत हुँदैन ।
कोहलपुर नगरपालिकाभित्र मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, कार्यपालिका सदस्य डिलबहादुर परियार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र योजना शाखाका प्रमूख अग्नी आचार्यले हप्तैपिच्छे गलत क्रियाकलाप गर्दै जाँदा पनि अन्य जनप्रतिनिधिहरु टुुलुटुलु हेरेर बस्न बाध्य छन् ।
नगरपालिकामा भएको विकृति र बिसङ्गतिविरुद्ध केही जनप्रतिनिधिले बिरोध गरे पनि राम्रा विषयमा सुनुवाई नभएको कोहलपुर नगरपालिका जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा एक जनप्रतिनिधि बताउँछन् । उनले कोहलपुर नगरपालिकामा हरेक वर्ष विनियोजन हुने बजेटमा चरम भ्रष्टाचार हुने गरेको दाबी गरेका छन् ।
।