२०८३ कात्तिक १५ , शनिबार 31, October 2026, Saturday

डोल्पा कारागारबाट आठ जना कैदी फरार

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ । घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ ।

‘अहिलेसम्म आठ जना भन्ने जानकारी आएको छ । तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला,’ स्रोतले भन्यो । घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार