सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय परिचयपत्र बनाउन सिडियो कार्यालय पुगेका वृद्धको लडेर मृत्यु

जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । सिडिओ कार्यालयमा लडेका बागचौर नगरपालिका टाट्केका ७० वर्षीय टीकाराम वली रहेको निधन भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार उनी बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

‘उहाँ आएर सेवा लिनेक्रममा लड्नुभयो । त्यसपछि तुरुन्तै जिल्ला अस्पताल सल्यान पुर्याएका थियौँ । तर, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्यो,’ उनले भनिन् । प्रजिअ पुनका अनुसार मृतक वृद्धका दुई छोरा पनि आइपुगेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १५:४८

लोकप्रिय