वित्तीय साक्षरता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ ? वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो ? वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ ? वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो जीविका धान्न बाध्य छन् ? स्वयम् साक्षरता सिकाउने व्यक्ति स्वतन्त्र छैन भने सिक्ने व्यक्ति स्वतन्त्र हुन सम्भव छ ? त्यसो हो भने केका लागि वित्तीय साक्षरता सिक्न आवश्यक छ ?
यस्ता प्रश्नहरुलाई एक ठाउँमा राखेर हेर्दा आर्थिक स्वतन्त्रताको पहिलो पाइला वित्तीय साक्षरता हो तर यो पूर्ण र अन्तिम होइन भन्न सकिन्छ । यसैले भनिन्छ धनको नियम नै सपना, साक्षरता, सङ्कल्प र सङ्घर्ष हो । मानिसले वित्तीय साक्षरताको माध्यमबाट सम्पन्नतासम्म पुग्ने बाटो पहिचान गर्न सक्छ तर बाटोको यात्रा यतिले मात्रै पूरा हुन सक्दैन । यसको लागि मार्गमा हिड्नु पर्छ, हिड्ने तयारी गरेर मात्रै गन्तव्यमा पुग्न सकिंदैन । केवल ज्ञानले मात्रै पुग्दैन, सँगसँगै अभ्यासमा जान नसक्ने हो भने मानिस वित्तीय ज्ञानी हुन सक्छ तर स्वतन्त्र हुन सक्दैन ।
हरेक ज्ञानलाई जबसम्म कार्यमा बदल्ने हिक्मत रहँदैन त्यो ज्ञानको कुनै अर्थ रहँदैन, त्यसले कुनै लक्ष्य भेट्न सक्दैन, त्यसले जीवनमा कुनै उपलब्धि ल्याउन सक्दैन । हामीले बुझ्नु पर्ने कुरा के हो भने कयौ शिक्षकले ज्ञान दिन्छन् त्यसलाई उ आफै कार्यमा रुपान्तरण गर्न लागि पर्दैन तर एउटा विद्यार्थी त्यही शिक्षकबाट प्राप्त ज्ञानलाई बजारको समस्या समधान गर्नको लागि कार्यमा रुपान्तरण गर्ने आँट गर्छ तब उ सफल भएर निस्कन सक्छ ।
तपाई आर्थिक सम्बृद्धि नभएका ज्ञान भएका व्यक्तिबाट नै शिक्षा लिएर त्यसलाई आयमा बदल्न थाल्नु भयो भने हो शिक्षा दिने व्यक्तिले स्वतन्त्रता नपाए पनि तपाईको आर्थिक स्वतन्त्रता कसैले रोक्न सक्दैन । वित्तीय ज्ञान हुने बित्तिकै आर्थिक स्वतन्त्रता सम्भव छैन तर स्वतन्त्रताको लागि बन्द रहेका ढोका ढकढकाउने एउटै उपाय हो वित्तीय साक्षरता । तसर्थ वित्तीय साक्षरता भएर पनि मान्छे गरिब हुने गर्छ । मानिसभित्र रहने निम्न केही पक्षहरुले नै मानिस धनी वा गरिब हुने गर्दछ ।
अभ्यासः आर्थिक स्वतन्त्रताको दृष्टिकोणले हेर्ने हो भने जबसम्म ज्ञानको चक्र तोडेर कर्ममा रुपान्तरण गरिदैन तबसम्म त्यो ज्ञान लाखौंपटक सिके पनि मानिस त्यही स्थानमा हुने छ, जुन स्थानमा उ ज्ञान लिनुभन्दा अगाडि थियो । त्यसैले तपाईंको सफलता कति पटक पढ्नु भयो, ज्ञान लिनु भयो वा सिक्नु भयोमा मात्रै निर्भर नभई त्यो ज्ञानलाई आफ्नो व्यवहारमा कति खरो ढङ्गले उतार्नुभयो कि भएन त्यसमा भर गर्छ । जब वित्तीय ज्ञान व्यक्तिले पाउँछ उ ज्ञानी त होला तर उसले त्यसलाई अभ्यासमा ल्याएन वा ल्याउन सकेन भने उ धनी हुन सक्दैन । यसैले मानिस वित्तीय ज्ञान भएर पनि गरिब हुने गर्छ ।
उदाहरणको रुपमा, एउटा व्यक्तिले पौडी खेल्ने सम्पूर्ण सैद्धान्तिक ज्ञान पटकपटक लिन्छ तर उ कहिले पौडी खेल्न अभ्यास गर्दैन भने के उसलाई कुनै खोलामा लगेर छोडिदिने हो भने पारि किनारामा पुग्न सम्भव छैन । हो वित्तीय साक्षरताले पनि मानिसलाई धनी हुनको लागि सिद्धान्त सिकाउँछ । यदि त्यसलाई अभ्यासमा ल्याउन नसक्ने हो भने मान्छे धनी हुन सक्दैन, त्यही पौडीबाज जस्तै हुनेछ । जबसम्म वित्तीय ज्ञानलाई अभ्यासमा रुपान्तरण गरिंदैन तबसम्म मान्छे गरिब नै रहन्छ ।
डरः रोर्बटी कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ पुस्तकमा भने जस्तै हरेक व्यक्तिको मनभित्र डररुपी चल्ला हुने गर्छ । आर्थिक निर्णय गर्दैगर्दा मान्छेले परिवार, आफ्नो भविष्य, समाजको दबाब, प्रतिस्पर्धा, आफन्तको सुझाव, आफ्ना मूल्य, मान्यता र जिम्मेवारीका कारण जोखिम भएभन्दा बढी असुरक्षित महसुस गर्छ । यही डरका कारण मानिससँग वित्तीय ज्ञान भएर पनि प्रतिफलको लागि जोखिम बहन गर्न डराउँछ र उसले त्यो कारोबार नै गर्दैन, जसले उसलाई भविष्यमा आर्थिक स्वतन्त्रता दिन सक्ने थियो ।
उसले हरेक क्रियाकलापमा नकारात्मकता पाउँछ, घाटा देख्छ, प्रतिस्पर्धी आफूभन्दा बलियो रहेको ठान्छ, आफू प्रतिस्पर्धा गर्न असक्षम भएको महशुस गर्छ, बजारमा टिक्नै नसक्ने कमजोर ठान्छ । यसले गर्दा कतै आफ्नो मूल धन नै गुम्ने त होइन, फलानो बिग्रेको, ढिस्कानो ओरालो लागेको जस्ता उदाहरण लिदै आफ्नो हुँदाखाँदाको सहज जीवन कतै नबिग्रियोस् बरु यति नै ठीक छ भन्ने डरका कारण जब वित्तीय ज्ञान भएर पनि मानिस आफ्ना सीमित कर्ममा खुम्चन चाहन्छ । त्यस्तो डरका कारण वित्तीय ज्ञान भएर पनि मान्छे गरिब हुन सक्छ ।
लोभः हरेक व्यक्तिमा आशा र लोभ हुने गर्छ । भलै कसैमा बढी होला, कसैमा कम हुने गर्छ तर प्रत्येक व्यक्तिभित्र लोभ छ भन्दा अन्यथा नरहला । जब मानिसहरुमा अत्यधिक लोभको मात्रा देखिन थाल्छ, तब उसले आफूले गरेका कारोबारहरुमा अझै मुनाफा हुने उच्च विश्वास राख्छ । यस्तो विश्वास तबसम्म भइरहन्छ, उसँग अझै धेरै कमाउने लोभ भइरहन्छ । यसले गर्दा उ आफूले खरिद गरेका वस्तुहरु बिक्री गर्न चाहँदैन । जब वस्तुको मूल्यले एउटा स्तर छुन्छ र फेरि ओरालो लाग्छ, त्यस समयमा यस्ता व्यक्तिहरु त्यसरी झरेको मूल्यबाट फर्किएर पहिला पुगेको उच्च विन्दुमा पुग्यो भने बिक्री गर्ने सोचमा पुग्छन् ।
त्यसपछि यथार्थमा बजारमा कारोबारको मूल्य बढ्न खोजेको जस्तो देखिन्छ तर पहिलाको उच्चविन्दुलाई भेट्न सक्दैन र त्यसैबाट तलतिर झर्न थाल्छ, तब वित्तीय साक्षरता भएर पनि आफूभित्रको लोभलाई नियन्त्रण गर्न नसक्दा यस्ता लगानीकर्ताहरु फेरि घाटामा बिक्री गर्न बाध्य हुन्छन् । यिनीहरुमा जब बजारमा मूल्य घट्न थाल्छ र पिंधमा आइपुग्छ अब कहिले बजार सुधार हुन सक्दैन भन्ने अत्यास देखापर्छ । तब आफ्नो सम्पत्ति कम मूल्यमा बेचबिखन गर्न तयार हुन्छन् । अब कहिले बजारमा नजाने भित्रभित्रै बाचा गर्छन् र घाटालाई स्वीकार्दै आफैँलाई धिकार्ने गरेको देखिन्छ ।
यसैले वित्तीय साक्षरता भएर पनि यस्ता मानिसहरु बढी लोभी हुँदा गरिब नै हुने गर्छन् । अनुशासनः कुनै व्यक्तिलाई हरेक दिन आफ्नो खातामा रु ५० राखेर वर्षमा रु १८ हजार २५० प्रिमियमको इन्सोरेन्स गर्नु भन्यो भने कति जना तयार होलान् ? वा वार्षिक रु २२ हजार प्रिमियम पर्ने तिरेर त्यही किन्न सक्नु हुनेछ भनियो भने मानिसले कुन स्किम छनोट गर्छ होला ? केही घाटा नै भए पनि सजिलै अनुमान लगाउन सकिन्छ दोस्रो योजना छान्नेछ । पहिलो योजनाको लागि दोस्रोमा भन्दा बढी अनुशासनको जरुरी छ तर रु.तीन हजार ७५० को फाइदा छ । मानिसले त्यो फाइदा थाहा पाएर पनि किन त्यसो गर्न चाहँदैन ?
कारण एउटै छ मानिसले नाफाघाटा थाहा पाएर पनि उ आफू अनुशासनमा रहन नसक्दा महङ्गो खरिद गर्न तयार हुन्छ । मानौं कुनै खुत्रुकेमा दैनिक रु एकका दरले ३६५ दिन रु ३६५ जम्मा गर्नुहोस् भन्यो भने कति तयार हुन्छौँ । हो अनुशासन भनेको यही हो । हरेक व्यक्ति एकैपटक रु ३६५ हालेर खुत्रुके भर्न सक्छ तर प्रत्येक दिन रु एक हालेर रु ३६५ जम्मा गर्न सक्दैन । वित्तीय ज्ञान भएका व्यक्तिहरुसँग पनि लामो समयसम्मका लागि अनुशासन हुन नसक्दा लगानी गुम्ने गरेका छन् ।
धैर्यताः भगवानताः भगवान
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
अचुतकुमार ओझा । काठमाडौं