बर्दियाको बढैयाताल गाउँपालिकास्थित पर्यटकीयस्थल बढैयातालको मनमोहक दृश्य । यस तालमा स्थानीय जातका ४२ किसिमका माछा र वरिपरि पाइने स्थानीय तथा प्रवासी चराहरू ८८ प्रकारका छन् । चार प्रकारका भ्यागुता, पाँच प्रकारका सर्प, एक प्रकारका कछुवा र २१ प्रकारका वनस्पति पाइन्छन् ।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो ताल निकै नै सुन्दर रहेको छ । आन्तरिक पर्यटक र बाह्य पर्यटकका लागि यो ताल निकै नै आकर्षक रहेको छ । समुद्र सतहदेखि १४६ मिटर उचाइमा रहेको यो तालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको छ भने यसको क्षेत्रफल १०९ बिघा चार कट्ठा १७.५ धुर रहेको छ । तस्वीर : सुशील भण्डारी । रासस
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार
सत्यपाटी