उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा ‘लगभग’ रोकका कारण अनिकाल परेको छ । संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको देखाएको हो ।
प्रतिवेदनमा गाजापट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ । ‘अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन लाख ४५ हजार अर्थात् जनसङ्ख्याको १६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो ।
इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को रिपोर्टले यसलाई ‘आइपीसी फेज–५’ को रूपमा वर्गीकृत गरेको छ । यस्तो अवस्था जब ‘भोकमरी, मृत्यु, अभाव र अत्यन्त गम्भीर तीव्र कुपोषणको स्तर स्पष्ट छ ।
उक्त प्रतिवेदनपछि गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको समितिले जनाएको छ ।
‘यो अनुमान गर्न सकिन्छ कि यी क्षेत्रहरूमा भोकमरी, कुपोषण र अन्य रोगका कारण मृत्युदर अत्यधिक तीव्र गतिमा बढिरहेको छ,’ प्रतिवेदनले भनेको छ । अघिल्लो वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी हमलाका कारण गाजापट्टीको ठूलो क्षेत्र तहसनहस भएको छ ।
इजरायली सेनाले अक्टोबरको सुरुदेखि नै गाजापट्टीको उत्तरी क्षेत्रको ठूलो भूभागमा आफ्नो अभियान तीव्र पारेको छ । सन् २०२३ को अक्टोबरयता गाजापट्टीमा प्रवेश गर्न अनुमति दिइएको सहायता सामग्री कुनै पनि समयको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ ।
कालोबजारीका कारण अत्यावश्यक वस्तुको मूल्य बढेसँगै खाद्यान्नको पहुँच निरन्तर खस्किएको छ । खाना पकाउने ग्यास दुई हजार ६१२ प्रतिशत, डिजेल एक हजार ३१५ प्रतिशत र दाउरा २५० प्रतिशतले बढेको छ ।
रिपोटमा भनिएको छ, ‘अत्यावश्यक वस्तुको अत्यधिक उच्च र बढ्दो मूल्यवृद्धिसँगै खाद्यान्न र अन्य आधारभूत आवश्यकताका लागि खरिद वा विनिमय गर्न सक्षम हुने जीविकोपार्जन पूर्णरूपमा धराशायी भएको छ ।’
गत महिना इजरायलले प्यालेष्टाइनका लागि संयुक्त राष्ट्रसंघीय सहायता नियोग (यूएनआरडब्लूए) सँगको सम्बन्ध तोडेकोमा चिन्ता व्यक्त गर्दै गाजामा ‘मानवीय कार्यका लागि अत्यन्त गम्भीर परिणाम’ आउने चेतावनी दिएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं