मानिसलाई झैँ चराहरूको लागि पनि आप्रवासको यात्रा गर्नु सहज अवश्य छैन । चराहरू बसिरहेको थातथलो छोडेर बसाइँ सर्दाको यात्रा ज्यादै कठिन र जोखिमपूर्ण हुने गर्दछ । तातो महिना र ज्यादै ठण्डी मौसममा धेरैजसो चराहरू बसाइँ सर्दछन् । उनीहरू सयौँदेखि हजारौँ माइल दुरीको विशाल यात्रा पूरै तागत लगाएर सफलतापूर्वक सम्पन्न गर्दछन् ।
गर्मीबाट चिसो ठाउँमा पुग्नका लागि धेरै चराहरू आँधी, गगनचुम्बी भवन र अन्य संभावित खतराहरूबाट जोगिँदै सफलतापूर्ण सयौँ र हजारौँ माइल उड्नु सजिलो कहाँ छ र! यसका लागि भएभरको ठूलो तागत र साहसको खाँचो पर्दछ । चराहरू एकपटक चिसो थलोमा पुगेपछि तिनीहरूलाई न्यानो रहन धेरै परिश्रम गर्नुपर्ने हुँदैन । यसले उनीहरूको धेरै मात्रामा ऊर्जाको बचत गर्दछ ।
‘तर कसैले पनि यसलाई अहिलेसम्म वैज्ञानिक हिसाबले परीक्षण गरेकै थिएनन्,’ जर्मनीको म्याक्स प्लांक इस्टिच्युट अफ एनिमल विहेवीयर संस्थामा आवद्ध प्राणीका स्वभावजन्य पारिस्थितिकीविद् निल्स लिनेकले भने । अब, भने लिनेक र उनका सहकर्मीहरूले यो कामलाई फते गरेका छन् । आधाजसो बसाइँ सर्ने जर्मन कालो चराहरूको संख्यामा आधारित उनीहरूको यो खोजीले परम्परागत ज्ञानलाई चुनौती दिन्छ ।
कठ्याङ्ग्रिदो जाडो याममा काला चराहरूको हुल आरादायी र आनन्दित न्यानो वातावरणका लागि दक्षिण युरोप वा उत्तरी अफ्रिकाको गहिराइसम्म स्थानान्तरण भएको पनि पाइयो । तर जर्मनीमा चिसो सहने मानिसहरूभन्दा उनीहरूमा थोरै शक्ति पनि खर्च नभएको वैज्ञानिकहरूले पाएका छन् ।‘यो निश्चित रुपमा चकितै पार्ने कुरा थियो कि यसमा विशेष लाभ केही छैन,’ स्कट यान्चो मिचिगन विश्वविद्यालयका एक प्राणी पारिस्थितिकीविद्ले भने ।
डा.यान्चोले यो अनुसन्धान अमेरिकाको यले विश्वविद्यालय रहँदा गरेका थिए । प्रकृति पारिस्थितिकी र उद्विकास सम्बन्धी प्रकाशित अध्ययनले पनि खुलासा गर्यो कि आप्रवासी चराहरूले आफ्नो ओरालो यात्रा शुरु गर्न धेरै हप्ता पहिलेबाट तयारी गर्न थाले, राति आफ्नो पाचनको रसायनिक प्रक्रिया लाई ढिलो गरी उडानको लागि उर्जा संचित गर्ने गरेको पाइयो । साथै, नतिजाहरूले के सुझाएको छ कि आप्रवास यस्तो छ कि ‘सबै सिद्धान्तहरूले भविष्यवाणी गरेको भन्दा धेरै चुनौतिका साथै कठिन पनि छ ।’
‘आप्रवासी चराहरूमा धेरै आश्चर्यहरू पाइयो,’ उनले थपे । अनुसन्धानकर्ताहरूले दक्षिण जर्मनीको जंगलहरूमा ग्रीष्मकाल बिताउने सामान्य काला खालका चराहरूको अध्ययन गरेका थिए । धेरैजसो चराहरू जाडो समयमा स्थिर रहँछन् । तिनीहरू मध्य लगभग एक चौथाइ चराहरू भने अक्टोबर र नोभेम्बरमा दक्षिण तर्फ बसाइँ सर्दछन् । यी आप्रवासी चराहरू जाडो समय दक्षिण युरोप वा उत्तरी अफ्रिकामा बिताएर अप्रिल महिनाको शुरुमै जर्मनी फर्किन्छन् ।
हालसम्म पनि ठूलो समूहबाट सानो समूहमा उड्ने हरेक चराहरूको बसाइसराइँ चक्रमा उनीहरूको उर्जा खर्चबारे गतिविधि पछ्याउन कठिन हुने गर्दथ्यो । तर साना इम्प्लान्ट (शरीरमै राखिने एक खालको यन्त्र) डेटा लगरहरूले यो संभव बनाएको छ । ‘यो मूलतः चराहरूले फिटनेस स्मार्ट वाच लगाए जस्तै हो,’ डा. लिनेकले भने ।
यी उपकरणहरूले प्रत्येक चराको शरीरको तापक्रम र मुटुको धड्कन लगायत सम्पूर्ण व्यक्तिगत विवरणहरू ३० मिनेटसम्म (सेप्टेम्बरदेखि मे महिनासम्म ९ महिना अवधिको) रेकर्ड गर्यो । हृदयको धड्कन शरीरको उर्जा के कति खर्च भएको छ भन्ने थाहा पाउने गतिलो संकेत हो । चराहरूले जति धेरै उर्जा खर्च गर्दछन्,उनीहरूको हृदयको धड्कन त्यति नै उच्च हुन्छ ।
वैज्ञानिकहरूले १ सय १८ कला चरामा डेटा लगरहरू राखे र अन्ततः यी चरामध्ये ८३ वटा चरालाई मात्रै पुनः समात्न सफल भए । समातिएका चराहरूबाटै आवश्यक डेटा प्राप्त भएको थियो । तथ्यांकले पुष्टि गर्दछ चराहरूलाई ८०० किलोमिटर लामो र कठिन स्थान्तरणको यो प्रक्रियाको क्रममा अतिरिक्त उर्जा खर्चको आवश्यक पर्दछ । यसले सुझाएको छ कि आप्रवासी चराहरूलाई यतिको उर्जा खर्चका लागि पहिले नै बचत गर्न शुरु पनि गर्नुपर्छ ।
जर्मनीबाट प्रस्थान गर्न चार हप्ता अघि आप्रवासी चराहरूले रातको समयमा आफ्नो मुटुको धड्कन घटाउन शुरु गरे । करीब १५ दिनको अन्तरालमा उनीहरूको रातभर शरीरको तापक्रम पनि घट्यो । ‘यसले देखाउँछ कि उनीहरूले आफ्नो थर्माेस्टयाट (एक ताप नियामक यन्त्र) कम्पोनेन्टलाई तल गर्दैैछन्,’ डा लिनकेले भने । यस्ता खालका जैविक परिर्वतनहरू भएको स्थायी बसोबास गर्ने चराहरूमा भने पाइएको थिएन ।
तर आप्रवासी चराहरूलाई भने दक्षिण तर्फको उडान अघि उर्जा बचत गर्न मद्दत गर्यो । तर जाडो मौसममा, आप्रवासी चराहरूको मुटुको धड्कन दर जर्मनीमै चिसोमा बस्ने ती चराहरूको भन्दा कम थिएन । यो पूरै आप्रवासी चक्रमा, दुवै समूहका चराहरूले उति नै उर्जाको खर्च गरेको वैज्ञानिकहरूले पाएका छन् । गर्मी मौसमले फाइदा पनि सँगै ल्यायो ।
गणितीय जाँच र प्राप्त नतिजाको आधारमा अनुसन्धानकर्ताहरूले स्थानीय यो मौसमको अवस्थासँगै हरेक चरा आफ्नो शरीरको तापमान कायम राख्न कति उर्जा आवश्यक पर्नेछ भनेर गणना गरे । यसबाट बसाइँ सर्ने चराहरूले जर्मनीमै रहेका चराहरूको तुलनामा जाडो मौसमभरि थोरै बढी शरीरको तापक्रम राखे र यसमा धेरै कम उर्जा खर्च गरेको पाए ।
अनुसन्धानकर्ताहरूले चिसोको समयमा जर्मनीमा रहेका काला चराहरूलाई तातो रहनका लागि अत्तिरिक्त करीब ४ हजार ४०० क्यालोरी बराबरको शक्ति खर्च गर्नु परेको पत्ता लगाए । ‘यो एक महत्वपूर्ण भिन्नता हो, जुन चराहरूमा केवल केही औंश तौलको फरक देखिन्छ,’ डा.यान्कोले भनेका छन्, ‘तर त्यसपछि हृदयको धड्कनको दरमा, त्यो चाहिँ प्रकट हुँदैन ।’
आप्रवासी चराहरूले अधिकत्तम प्रयोगमा नगरी बचत गरिरहेको उर्जा अरु केहीमा खर्च भने भइरहेको थियो । ‘त्यो उर्जा कहाँ जान्छ भन्ने कुरा हामीलाई कुनैपनि जानकारी छैन । त्यो समाधान गर्नुपर्ने अर्काे ठूलो रहस्य हो,’ डा.यान्कोले भने । यात्रा आफैंले सबै शक्ति खर्चको बारेमा व्याख्या गर्न सक्दैन, तर अन्य स्थानान्तरणसँग सम्बन्धित बाहिर नदेखिने खर्चहरू पनि हुन सक्छन् डा.लिनेकले भने ।
उदाहरणका लागि नयाँ क्षेत्रहरूमा जाडो बिताउने आप्रवासी चराहरूले खतराप्रति थप सचेत रहनुपर्छ । अर्काे संभावना पनि देखिन्छ जुन अनुमानमै आधारित छ । आप्रवासी चराहरूले त्यो अतिरिक्त उर्जा कुनै अन्य प्रक्रियामा जस्तै बच्चा जन्माउनका लागि उपयोग गर्न सक्छन् । यसले आप्रवासी चराहरूलाई थोरै ठूला अण्डा उत्पादन गर्न वा बच्चाहरूको स्याहार गर्न तयार हुन सघाउँछ ।
जसले तिनीहरूलाई सञ्चित उर्जा बचत नगरी इच्छाअनुसार खर्च गरी फाइदा लिन सक्छन् । ‘धेरै प्रश्नहरू अझै हामी माझ अनुत्तरित नै छन्, तर साना डेटा लगरहरूले वैज्ञानिकहरूलाई एक पटक असंभव मानिएका प्रश्नहरू सोध्न र उत्तर दिनका लागि राम्रो मौका प्रदान गरिरहेका छन्,’ डा.यान्कोले भने, ‘हामी स्वतन्त्र जीवन बाँच्ने जनावरहरूमा मापन गर्न सक्ने कुरामा वर्षेनी गुणात्मक रुपमा तीव्र प्रगति गर्दैछौ, हामी वास्तवमा यस रोमाञ्चक खोजमै छौँ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
एमिली एन्थेस । काठमाडौं