सूचनाको शक्ति - The Power Of Information

        

विद्युतीय कारको ब्याट्रीमा अहिलेसम्मकै ठूलो खोज

विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीमा अनेकौं खोजहरु जारी छन् । विश्वभर ईभी ब्याट्रीमा आफुलाई पृथक र अब्बल देखाउन अनुषन्धानकर्ताहरु जुटिरहेका छन् । परम्परागत लिथियमबाट बनेको हाइभोल्टेज ब्याट्रीको तौल निकै धेरै भइरहेको कारण कार निर्माता र उपभोक्ताहरुले आलोचना गरिरहेका छन् ।

त्यसकारण हाई पर्फमेन्स कार र हवाई उद्योगले इलेक्ट्रीक पावर प्रयोग गर्न कठिन भइरहेको छ । यस्ता समस्यालाई स्वीडेनको चालमर्स युनिभर्सिटी अफ टेक्नोलोजीका बैज्ञानीकहरुले समाधान पत्ता लगाएका छन् । उक्त युनिभर्सिटीले कार्बन फाइबरलाई ब्याट्रीको इलेक्ट्रोडस्को रुपमा प्रयोग गर्ने र इलेक्ट्रीसीटी स्टोर गर्न सकिने प्रविधीको विकास गरेका हुन् ।

यसको उचित तरिकाले विकास भएमा कार्बन फाइबरबाट बनेको कार वा जहाजको बडीनै इनर्जी सिस्टमको रुपमा काम गर्नेछ । जसले ठूलो तौलको ब्याट्री बोकेर हिड्नु पर्ने समस्याको समाधान गर्नेछ । यस प्रविधिको प्रयोगपछि कार वा जहाजको तौललाई ५० प्रतिशतले कम गरी अझै इफिसीयन्ट सवारी निर्माण गर्न सकिने अनुषन्धानकर्ताहरुको भनाइ छ ।

चालमर्स युनिभर्सिटी अफ टेक्नोलोजीले यो प्रविधि धेरै वर्षदेखि परीक्षण गरिरहेको थियो । युनिभर्सिटीले सन् २०१८ मै विशेष किसिमको कार्बन फाइबर बेसको स्टक्चर ब्याट्रीले सवारीको तौल उल्लेखनिय रुपमा घटाउन सक्ने दावी गरेको थियो । सन् २०२१ मा यो ब्याटीको पर्फमेन्समा धेरै गुणाले सुधार गर्न सकिएको बताइएको थियो ।

कार्बन फाइबरलाई इलेक्ट्रोड, कन्डक्टर र लोड वियरीङ मेटेरियलको रुपमा प्रयोग गर्दा प्रतिकेजी २४ वाट आवर मात्र इनर्जी डेन्सीटी रहेको छ । जुन लिथियम आयोन ब्याट्रीको दाँजोमा २० प्रतिशत मात्र हो । यसलाई प्रविधिको विकाससँगै इनर्जी डेन्सीटी बढाउदै लान सकिने विश्वास खोजकर्ताहरुको छ ।

कार्बन फाइवर टेक्नोलोजीको ब्याट्रीमा वास्पशील पदार्थहरुको प्रयोग नहुने भएकाले यो अन्य ब्याट्रीको तुलनामा थप सुरक्षित तथा आगलागीको डर नहुने बताइन्छ । यो ब्याट्रीको प्रयोगपछि लाइटवेट ईभीको रेन्ज ७० प्रतिशतसम्म बढाउन सकिने एक अनुसन्धानले पुस्टी गरेको छ । भविष्यमा उक्त ब्याट्री ठूला साइजको इलेक्ट्रोनीक्सहरु जस्तो कम्प्युटर, डोन, इलेक्ट्रीक भेहिकल तथा जहाजमा समेत व्यवसायीक प्रयोग हुनेछ । अहिले भने एएए साइजको ब्याट्री लाग्ने साना इलेक्ट्रोनीक्समा मात्रै यसलाई प्रयोग गरिने बतान्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ११:२६

लोकप्रिय