२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सौराहामा डुलिरहने गैँडा (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । चितवन । २०८१ कात्तिक २ गते शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जभित्र कतिपय अवस्थामा जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिले काहीँ सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ । यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छ ।

गैँडा बस्तीमा पसेपछि कोही सेल्फी खिचेर रमाउँछन् त कोही भिडियो खिच्न व्यस्त हुन्छन् । यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीय बताउँछन् । यद्यपि गैँडालाई नजिक गएर जिस्क्याउन नहुने जानकारहरू बताउँछन् ।

 

स्रोत : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८१ कात्तिक २ गते शुक्रबार