सूचनाको शक्ति - The Power Of Information

        

प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ (भिडियाेसहित)

गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु कटक्कै’ बोल उनले सोमबार सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् ।

गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ ।

समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।

गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागतका कलाकार छन् ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०७:२१

लोकप्रिय