कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्।
धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो।
ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।
‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नुभएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ