२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

पूर्वयुवराज पारस शाहको ह्याम्स अस्पतालमा उपचार हुँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १६ गते शनिबार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार उनकाे स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्।

उनको अवस्था अहिले सामान्य रहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए।

शुक्रबार अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार