२०८२ चैत २६ , बिहीबार 9, April 2026, Thursday
विचार

‘यो बुढो रुख, त्यो बुढो रुख’

अन्ततः त्यो बुढो रुख हाम्रो पहिचान हो । हाम्रो इतिहासको जीवित दस्तावेज हो । यसलाई सम्मान गर्दै, यसको छायाँमा नयाँ सपना रोप्नु नै आजको आवश्यकता हो ।
विश्वास पराजुलीविश्वास पराजुली । काठमाडौं । २०८२ चैत २१ गते शनिबार

नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख । ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त कतै अटल उभिएर साहरा दिने काम गर्छन । रुपान्तरण त मानौ त्यै रुखले देखेको छ । बुट्यान, वयस्क हुँदै बुढो रुख । हो आज हामी त्यौ बुढो रुखको कुरा गर्छौँ । बुढो रुख भनेको अशक्त, विकासच्यूत भएको, साहारामा मात्र उभिने भन्ने भाष्य हामी माझ चिर परिचित छ तर कहिले हाम्ले ती बुढा रुखले खदिलो इतिहास, सबै समयको अनुभाव र लाखौ शंख्य फलफुलले धेरैको सेवा गरेको छ । त्यो बुढो रुख मानौ सम्पूर्ण विकास चक्रको अभिन्न र अकाट्य विम्ब हो ।

आजको आधुनिक युगमा विश्वव्यापी उष्णता बढ्दै जाँदा सम्पदामा गुन्जिने ती अविरल तिखा धुनहरुले मानौ यसको अस्तित्व मेट्दै गएको छ । कहिले घामको ताप, कहिले हसिया हथौडाको चोट त कहिले घन्टीको कर्कस, ती सबैका बिच पनि ठिङ्ग उभिएको छ त्यो बुढो रुख । त्यही बुढो रुख अहिले संकटमा छ । विपिको विचारधारा तथा मिहिनेतले वृक्षारोपण गरिएको त्यो रुखलाई मानौ मातृकाप्रसाद कोइरालाले मलजल गरि हुर्कने प्रयाप्त वातावरण सिजृना गरे । अन्ततः २००७ साल फाल्गुन ०७ गते त्यो महाअधियानले देशमा जरा गाडेर बसेको राणाशासनको तुषलाई उखालि फाल्यो र देशले प्रजातन्त्र नामको स्वच्छ हावामा गह भरि स्वाँस फेर्यो । विभिन्न वर्षहरु पश्चात २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई बर्खास्त गरी ‘कु’ गरे र दलहरूमाथि प्रतिबन्ध लगाए त्यस पछि भने त्यो कलिलो पालुवा भरिएको रुख वयस्क भयो ।

वयस्क त्यो रुखले अनगिन्ती नेपालीलाई आश्रय दिँदै वि.सं.२०४६ सालमा पुनः देशलाई प्रजातन्त्रको उज्यालोमा फर्कायो । त्यो वयस्क रुखले फेरि एकपटक आफ्नो सामथ्र्य देखायो, हावाहुरी, आँधीबेहरी सबैसँग जुध्दै जनताको चाहना पूरा गर्ने अठोटका साथ लड्यो, उर्जा थप्यो र उभियो । तर समय सधैं एकनास हुँदैन । वि.सं. २०६२।६३ मा देशले ठूलो क्रान्ति भोग्नु पर्यो । नेपाली जनताका कैयन तन मन र धन छिया छिया हुँदै गर्दा त्यो उनमाद वनेको जनआन्दोलनमा फेरि एकपटक बयस्क रुखले आफ्नो शक्ति संकलन गर्यो र जनताको आवाजलाई साथ दिँदै देशलाई गणतन्त्रको अमृतपान गरायो र जनताको विश्वासलाई सँगसँगै डोर्यायो । यसले देखायो कि त्यो बलियो र गर्भिलो कडापन उसको वयस्कको तेज मात्र नभई हिजोका दिनदेखि मलजल सहित सिचित भएर गाडिएको जराको दम्भ थियो ।

विभिन्न कालखण्डमा आफ्नो शक्तिले नेपाली जनतालाई आडस दिँदै आएको त्यो रुखले भने बारबार एकै व्यक्तिको सेवामा तल्लिन बस्ने प्रवृतिले संज्ञा पायो बुढो रुखको । शेरबहादुर देउवा नेपाली कङ्ग्रेसको इतिहासमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा लामो समय सत्ताको बागडोर सम्हाल्ने र पार्टीमा बलियो पकड राख्ने नेता बन्नुभयो । उहाँकै सभापति कालमा कङ्ग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो उपस्थिति बलियो बनाएको, यद्यपि वैचारिक स्पष्टता र पार्टी सञ्चालनको शैलीलाई लिएर बहसहरू अझै जारी छन् । ती सञ्चालनका शैलीले हराभरा रुखलाई भने सुखापन तथा बुढ्यौली तीर डोर्याउन पुग्यो । वि.सं. २०७२ फाल्गुनमा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई १३औ महाधिवेशनबाट पराजित गराएर सभापती बने पश्चात उहाँ भने देशको पाँच पटक प्रधानमन्त्री भई सक्नु भएको छ । उहाँका कालखण्डमा पाटी सुदृढ त बन्यो साथै देशको ठूलो पाटी समेत बन्यो ।

भाद्र २३ गते नेपालमा नँया लय आयो, जेन जी । आवाज सामान्यबाट बुलन्द हुँदै ठूलो विष्फोटमा परिवर्तन भयो । राजनितिको आडमा नेपालीले दुख पाँए, राजनौतिक दलहरुले दमन गरे, चप्पलबाट बुट झुपडीबाट महलमा रातारात पुगे भन्ने भाष्यले लय लियो । लय यस्तो गुन्जमान भयो की मानौ त्यो दिन हामी नेपाल आमाको प्रसवको संघारमा छौँ । जसरी आमा बन्ने बखत त्यो नौ महिना देखीको सकस एकै स्वरमा निस्किन्छ त्यसरी त्यो आवाजले माइतीघरबाट उठेर संसद भवन हुँदै सिंहदरवारसम्म थर्कमान बनायो । ७६ जनाको मृत्यु र २००० हाराहारीको हाताहात सहित त्यो आन्दोलनले भाद्र २४ गते देशमा पहिलेदेखि चिर परिचित राजनैतिक दलहरुको किल्लामा हमला बोल्यो र अन्ततः समाननीय सुशिला कार्कीको नेतृत्वमा देशले नयाँ नेता पायो ।

यो आन्दोलनले हाम्रो रुखलाई पनि साह्रै मर्माहित तुलायो । पार्टीभित्र बुढो सज्ञा पाएको रुखले बाहिर पनि चर्को कर्कसमा बुढो रुखको ध्वनी प्रहवाहित गर्यो । सो अवस्थामा हेर्दा, त्यो बुढो रुख संकटमा परेको, नयाँ पुस्ताले नयाँ बिरुवा रोप्न खोजिरहेको, पुरानो रुखलाई काटेर नयाँ बनाउने सोच पनि कतै–कतै देखिन्थ्यो । केहीले यसलाई अवरोध ठाने, केहीले यसलाई प्रेरणा । वास्तवमा, त्यो बुढो रुख न त पूर्ण रूपमा अशक्त थियो, न त पूर्ण रूपमा अनावश्यक । त्यो त इतिहास, संघर्ष र उपलब्धिको प्रतीक हो । बढ्दो घटनाक्रममा फेरि नयाँ परिवर्तनको स्वाँर गुन्जियो त्यो थियो प्रतिरोपण । प्रतिरोपण भनौ वा कलमी अर्थात जरा उही तर फलदिने हाँगाहरु फरक । प्रतिरोपणका प्रमुख योजनाकार थिए गगन कुमार थापा । दोस्रो विशेष महाधिवेशनले उहाँलाई सो प्रतिरोपणको वैधानिकता प्रदान गर्यो । थापाले विभिन्न वर्षहरु देखि नै रुख वुढो हुँदै छ मलजल गर्ने पाखुरा दरिलो खोज्नु पर्छ है भन्दै प्रश्न उठाउदै आएका नै हुन तर सफल भएका थिएनन् ।

वि.सं. २०७९ को निर्वाचनमा ८९ सिट सहित पहिलो दल रहेकोमा यो वर्ष भने त्यो संख्या ३८ सिटमा खुम्चिन पुग्यो । आसन्न चुवाबलाई मध्यनजर गर्दै थापाको यो कदमलाई सबैले स्वीकार गरे तर आफ्नै दलमा भने यसको कमी देखियो । ८६ स्थानमा दोस्रो स्थानमा रहनुले यो विषयलाई कता कता प्रमाणित जस्तो गर्दिन्छ । अलिकति हामी इतिहासमा फर्किन्छौ है । कुरा गर्छौँ महाभारतको । तपाईहरुलाई महाभारतको युद्ध के का लागि र किन घटित थियो थाहा छ । आउनुस हामी यस बारे जान्छौँ । महाभारतका मुल पाँच कारण दिए जस्तै राज्यको उत्तराधिकार विवाद, द्रोपदीको अपमान, दुर्योधनको हठ र अहंकार, शकुनीको षडयन्त्र र धृतराष्ट्रको पुत्रमोह । यो युद्धको सबैभन्दा ठूलो कारण हस्तिनापुरको सिंहासन थियो । पाण्डुका पुत्रहरू (पाण्डव) र धृतराष्ट्रका पुत्रहरू (कौरव) बीच राज्यको वास्तविक हकदार को हो भन्ने विषयमा विवाद थियो। पाण्डवहरूले जुवामा हारेपछि कौरवहरूले भरी सभामा द्रोपदीको चीरहरण गर्ने प्रयास गरे । यो घटनाले पाण्डवहरूलाई प्रतिशोधको अग्निमा जलायो ।

भीमले त्यसै बेला दुर्योधनको तिघ्रा र दुशासनको छाती चिर्ने प्रतिज्ञा गरेका थिए, जसको अन्त्य युद्धमै हुनु निश्चित थियो । भगवान श्रीकृष्णले शान्ति दूत बनेर कौरवहरूको सभामा गएर पाण्डवहरूका लागि मात्र पाँच वटा गाउँ मागेका थिए । तर, अहंकारी दुर्योधनले ‘सियोको टुप्पो जति जमिन पनि दिन्न’ भनेर युद्धको निम्तो दिए । दुर्योधनका मामा शकुनीले आफ्नो वंशको विनाशको बदला लिन कौरव र पाण्डवहरूबीच सधैं कलह बीजारोपण गरे। उनले नै कपटपूर्ण जुवा (पासा)को खेल योजना बनाएर पाण्डवहरूलाई वनवास पठाउन मुख्य भूमिका खेलेका थिए । राजा धृतराष्ट्र आफ्ना छोरा दुर्योधनको गल्ती देख्दादेख्दै पनि चुप लागेर बसे। उनले न्याय भन्दा बढी आफ्नो छोराको इच्छालाई प्राथमिकता दिएका कारण यो विनाशकारी युद्ध रोकिन सकेन । यो इतिहासलाई हालको परिवेश सँग तुलना गर्ने मिल्ले खालको छ ।

यही महाभारतका कारकलाई आजको गगनको विद्रोहसँग के कती जोड्न मिल्छ त्यो मनन गर्ने विषय रह्यो । हामीले बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि रुखको मूल्य केवल यसको हरियालीमा मात्र हुँदैन, यसको जरामा हुन्छ, त्यो जरा जसले माटोलाई समातेको हुन्छ, जसले वर्षौँको संघर्ष सहेको हुन्छ । त्यो बुढो रुखले दिएका फल, छायाँ र सहारालाई बिर्सन मिल्दैन । तर यसलाई समय अनुसार स्याहार–सम्भार गर्न पनि आवश्यक छ । आजको चुनौती भनेको त्यो बुढो रुखलाई जोगाउँदै नयाँ बिरुवाहरूलाई पनि हुर्काउनु हो । पुरानो अनुभव र नयाँ ऊर्जा मिलेर मात्र सन्तुलित वन बन्न सक्छ । यदि हामीले केवल पुरानोलाई हटाउने सोच राख्यौँ भने, हामी इतिहासबाट टाढा हुन्छौँ । र यदि केवल पुरानोलाई समातेर बस्यौँ भने, भविष्य निर्माण गर्न सक्दैनौँ । अन्ततः त्यो बुढो रुख हाम्रो पहिचान हो । हाम्रो इतिहासको जीवित दस्तावेज हो । यसलाई सम्मान गर्दै, यसको छायाँमा नयाँ सपना रोप्नु नै आजको आवश्यकता हो ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार