जेनजी आन्दोलनका नाममा क्षतिग्रस्त बनाइएको झापाको दमक भ्युटावर अझै पुनःनिर्माण हुन सकेको छैन । भ्युटावरमा झन्डै २५ करोड क्षतिको अनुमान गरिएको छ । एक अर्ब ६४ करोड खर्च गरेर भ्युटावर सञ्चालनमा आएको थियो । २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको यो भ्युटावर गत साउनदेखि सर्वसाधारणलाई प्रवेश खुला गरिएको थियो ।
भ्युटावरमा कुनै पनि व्यावसायिक संस्था वा कम्प्लेक्स भने सञ्चालनमा आउन सकेको छैन । जेनजी आन्दोलन अघिसम्म यो खाली नै थियो। आन्दोलनका क्रममा भ्युटावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी बस्ने भवन लगायतमा तोडफोड र आगजनी भएको थियो । १८ तलाको यो भवनका अधिकांश सिसा फुटेका छन् । भित्री भागमा समेत क्षति पुगेको छ ।

तस्वीरहरु : सबै प्रकाशचन्द्र तिमिल्सिना । नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार
सत्यपाटी