आज वि.सं.२०८२ साल कार्तिक २९ गते । शनिबार । इस्वी सन् २०२५ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–एकादशी, ५५ घडी ६ पला, रातको ४ बजेर २८ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–उत्तरफाल्गुनी, ४९ घडी ५१ पला, रातको २ बजेर २२ मिनेट उप्रान्त हस्त ।
योग–वैधृती, १० घडी २३ पला, बिहान १० बजेर ३५ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव, बेलुकी ४ बजेर ६ मिनेट उप्रान्त बालव, रातको ४ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–सिंह । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ५१ पला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला । प्रतिस्पर्धी बढ्नेछन् । द्वेष तथा ईष्र्या गर्नेहरूबाट सावधान रहनुहोला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन् । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला । आफन्तको साथ सहयोग जुट्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । पछिका लागि लगानी गर्न सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । नयाँ काम थालनी गर्न सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय लागे पनि काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिनेछ ।