२०८२ कात्तिक १० , सोमबार 27, October 2025, Monday
उपन्यास अंश

‘नरोउ प्यारी छिट्टै फर्की आउँछु, चिन्ता नलेऊ’

मेरा बालबच्चा छोडेर म परदेश जाँदैछु । खोई कहिले फर्किने हो ? कति त परदेश गएका बाकसमा आउँछन् । यो अनिश्चित जिन्दगीको कुनै भर छैन ।
कल्पना खरेल
कल्पना खरेल । साहित्यकार
२०८२ कात्तिक १० गते सोमबार

अफिसले निलम्बनमा राखेको छ । अफिस जानु छैन । पाँच करोडको हिसाब मिलिरहेको छैन । श्रीसम्पत्ति सबै जफत गर्दैछ बैङ्ले । तनाबमा छु । बेचैनले ब्याकुल छु । यता बच्चा हुनेवाला छ । सुत्केरी हुने बेलाकी श्रीमती कहाँ लगेर राखौँ ? बुढी भएकी आमालाई कहाँ राखौँ ? यता दसैँको चहलपहल छ । चाडबाडको रौनक छ । आफ्ना घरमा दशाले घेरेको छ । जागिर छैन । पैसा छैन । कसरी परिवार पाल्ने ? झनै बाबु बन्दै छु । कसरी सुत्केरी उतार्ने ? बालबच्चा कसरी पाल्नु ? चिन्ताको भारीले थिचिरह्यो । जिम्मेवारीको भोझले मिचिरह्यो । अभावले श्रीमान् श्रीमतीबिच झगडा उल्झियो ।

श्रीमतीले हपार्दै भन्छिन्, ‘यस्तो भारी ज्यानमा पनि पोसिलो खुवाउन सक्दैनौ ? दसैँ आयो किनमेल गर्नुप¥यो । के निकम्मा भएर घर बसेको ? त्यति राम्रो जागिर के भयो ? कसरी त्यत्रो नोक्सान ग¥यौ ? कसलाई दियौ त्यत्रो रकम ? यस्ता निकम्माकी श्रीमती भएर कसरी बस्नु ? कस्तो दिनमा यो मान्छेसँग बिहे गरेछु । खान लाउन पनि अभाव छ । कसरी जिन्दगी चल्छ ? मैले नम्र हुँदै श्रीमतीसँग भनेँ, ‘सुषमा दुःखसुखमा साथ दिने भनेर बिहे गरेको होइन र ? किन यस्तो भन्छ्यौ ? दुःखसुख त जीवनको चक्र हो । रातपछि दिन, दिनपछि रात जस्तै हो । जिन्दगी सधैँ एकैनास कहाँ हुन्छ र ?’

मेरो कुरामा श्रीमतीले भारी ज्यानको पेट सुम्सुमाउँदै च्याँठिदै भनिन्, ‘यो पेटमा बच्चा नभएको भए माइत गएर बस्थेँ । हे भगवान् ! अभावमा यो बच्चा कसरी जन्माउने होला ?’ निर्दोष मैले मलीन आवाजमा भनेँ, ‘सुषमा भगवानले पार लगाउलान् ।’ श्रीमतीले आवेशमा आउँदै भनिन्, ‘आफू केही नगर्ने, कसरी लाउँछन् भगवानले पार ?’ उनको आवेश देखेर म स्तब्ध भएँ । मौन बसेँ । एककान दुकान गर्दै जागिर निलम्बनमा परेको आमाले थाहा पाउनुभएछ । मलाई आमाले सोध्नुभयो, ‘बाबु के भयो जागिर ?’ मैले भनेँ, ‘आमा खोई कसरी हिसाब मिलेन ? बैङ्कले मलाई निलम्बनमा राख्यो । चिन्तित छु आमा ।’ आमा एकछिन् त रिसाउँदै भुत्भुताउनुभयो ।

‘यो बुहारी घरमा आएदेखि घरको लच्छिन नै गयो । कस्तो अलच्छिने आइमाई रहिछ । सबै व्यवहार बिग्रियो भत्कियो ।’ मैले आमालाई सम्झाउँदै भनेँ, ‘होइन आमा, उनको के दोष छ र ? मैले काम गर्दा कहाँ मिस्टेक गरेँ थाहै भएन ।’ मेरो चिन्तित मुहारले आमाको मातृत्व छचल्कियो । हरेक दुःखसुख भोगिसकेकी आमाले सान्त्वना दिँदै भन्नुभयो, ‘बाबु, मर्द क्या नहीँ करता । त्यस्तो चिन्ता लिनु हुँदैन । जे पर्ला, त्यही टर्ला चिन्ता नलेऊ । आमाको कुराले अलि दह्रो भएँ । सोचँे ‘हुन पनि हो आमाले भन्नुभएको ठिक हो । दुःखसुख भोगेका मानिस मजबुत हुन्छन् । समस्यालाई सहज ग्रहण गर्छन् ।’ त्यस्तै आमाको भूमिकाले केही राहत मिल्यो । दिनदिनै घर चलाउन पैसाको आवश्यक पर्यो ।

आर्थिक मन्दीको भारले थिचिरह्यो । अब घर व्यवहार चलाउन मुस्किल प¥यो । सबै किनेर खानुपर्छ, कसरी चलाउने ? श्रीमतीले यो छैन ऊ छैन भन्दै झोक्किँदै भनिन्, ‘मेरो माइतीमा मैले कहिल्यै पनि यस्तो अभाव झेलेको छैन । तिम्रो घरमा के हो यस्तो ?’ मैले पनि तनावमै झोक्किँदै भनेँ, ‘धाक नलगाऊ तिम्रो माइतीको । कसैको नभएको तिम्रो माइती । तिम्रा बाउको मैले केही खाएको छैन ।’ उनले मेरो जवाफ फर्काउँदै भनिन्, ‘मेरो बाउको नाम किन लिन्छौ ? मेरो बाउले तिम्रो के बिगारेका छन् ?’ हामी दुवैमा भनाभन र जुवारी चल्यो । अभावले लोग्नेस्वास्नीको झगडा बल्झिरह्यो । दिनदिनैको झगडा अशान्ति भयो । आभावले लोग्नेस्वास्नीबीच झगडा निम्त्यायो । तल्लो स्तरमै झरेर एकअर्कामा गालीगलौज हुन्थ्यो ।

म विकल्पविहीन भएँ । कहाँ गएर मरौँ कि बहुलाऊँ जस्तो भयो । मर्द भएर जन्मिनु पनि सजिलो कहाँ छ र ? जिम्मेवारीको भारीले थिच्नु थिच्यो । दिनप्रतिदिन अभाव सगरमाथा जस्तै चुलियो । बैङ्कले श्रीसम्पत्ति सबै जफत गर्यो । त्यसैबाट आफ्नो असुली गर्यो । हामी घरबारविहीन भयाँै । दुःखै दुःख अभावै अभाव भयो । पैसा केही होइन भनिरहँदा, पैसा सबै चिज रहेछ भन्ने महसुस भयो । जीवन धान्न मानिसलाई गाँस, बास कपास चाहिन्छ । गाँस, बास, कपास नै जीवन हो । गाँस, बास, कपासविना जीवन असम्भव छ । त्यो नै हराम हँुदा रोडपति भइयो ।

गाँस पनि छैन
बास पनि छैन
सम्पूर्ण घाटामा,
कपास पनि छैन ।

सडकमा बस्नुको विकल्प भएन । सधैँको तनावमा काम गर्दा कहाँ मिस्टेक गरेँ ? पत्तै भएन । आफ्नै बाससम्म गुमाएँ । आफैँलाई धिक्कारँे । आफ्नै कमजोरीसँग ग्लानि भयो । त्यो नोक्सानपछि जिन्दगी नै माइनसमा हिँड्यो । बैङ्कले तुरुन्तै घर छोड्ने आदेश दियो । बैङ्कले बसेको बास नै जफत गर्यो । हामीले आफ्नो घर छोड्यौँ । एउटा टहरो भाडामा लिएँ । त्यहीँ बस्न थाल्यौँ । दिन बित्दै जाँदा श्रीमतीलाई सुत्केरी बेथा लाग्यो । जेबमा सुको पैसा छैन । कसरी अस्पताल लैजाने ? पर्नु पिर पर्यो । विकल्पविहीन भएँ । श्रीमतीलाई प्रसव पीडाले च्याप्दै छ । मरेँ नि मरेँ भन्दै रुँदै छिन् । उनको चित्कारसँग म आत्तिँदै थिएँ । उपाय नै देख्दिनँ । सबैतिर अन्धकार देखिन्थ्यो । जेब रित्तिएपछि अन्धकारमै रुमलिएँ । गाँठ भए, आँट आउने हो । गाँठ नै नभएपछि बुद्धि विवेक नै शून्य भयो । के गर्ने भन्ने कुनै आइडिया आएन ।

पल्लो घरकी छिमेकी काकी आइन् । काकीले सुषमाको चित्कार सुनेर र अवस्था देखेर भनिन्, ‘सञ्जय नानीलाई तुरुन्त हस्पिटल लिएर जाऊ । बेथाले च्यापिसक्यो । महिलाको बच्चा जन्माउर्ने पनि एउटा काल हो भनिन्छ । मैले काकीलाई आज्ञाकारिता जनाउँदै भनेँ, ‘हुन्छ काकी, म तुरुन्तै हस्पिटल लिएर जान्छु । अटोरिक्सा बोलाएर ल्याएँ । सुस्त हात समातेर श्रीमतीलाई अटोमा बसालेँ । श्रीमतीलाई सरकारी हस्पिटल लिएर गएँ । उनी चिच्चाउँदै थिइन् । मरेँ बाबा, मरेँ आमा कारुणिक चित्कार उनको थियो । उनको प्रसव पीडाको चित्कारले मेरो मन छियाछिया भयो । अलिकति बेथा बाँड्न पाए पनि उनलाई सजिलो हुन्थ्यो । उनलाई मात्र दुख्ने मैले के गल्ती गरेँ ? आफूलाई ग्लानिको महसुस भयो । हे भगवान् ! मेरी अर्धाङ््गिनीलाई रक्षा गर । उनी बेथाले छट्पटाउँदै छिन् । हस्पिटल पुगेको आधा घण्टामा बच्चा जन्मियो । छोरीको आगमन भयो ।

त्यो अभावमा छोरी आइन् तर पनि खुसी लाग्यो । बाबु बन्ने अवसर जुराइदिए भगवानले । धन्य भगवान ! लक्ष्मीको रूप लिएर आइन् मेरी छोरी । भाग्यवश अस्पतालमा सुत्केरी गराउँदा फ्री भयो, पैसा लागेन । अस्पतालले पोसिलो खाना खान हजार रुपियाँ दियो । बच्चालाई एकजोर कपडा दियो । दुःखमा राहत मिल्यो । त्यही हजार रुपियाँले न्वारनसम्म पु¥याइयो । जसोतसो गुजारा चल्यो । न्वारन गरेपछि श्रीमती माइत गइन् । केही दिन अलि हलुको भयो । आर्थिक बोझले च्यापिरह्यो । अब के गर्ने ? जागिरको खोजीमा भौँतारिएँ । सरकारी निकायमा चान्स नै थिएन । बैंकको सरकारी जागिरमा भएको घाटाले ठुलै हल्ला भएको थियो । नखाएको विष लागे जस्तो मैले थाहा नै नपाई बदनाम भइसकेको थियो । मेरो क्यारेक्टरमै दख्खल पुर्यायो । बैंककाण्डले ममाथि विश्वासमै प्रश्न उठेको थियो । केही प्राइभेट क्षेत्रमा जागिरको प्रयास गरेँ । न्यून तलब सुनेर चित्तै बुझेन । त्यो पनि सोर्स लगाउनुपर्ने । कतिपय चिनेका प्राइभेट क्षेत्रमा मलाई विश्वास नै गरेनन् ।

खाली बस्नु भन्दा खाडी मुलुक भए पनि जानुपर्यो । आफू र आफ्नो परिवार पाल्न । कतारमा एक जना साथी थिए । म्यासेन्जरमा कुरा हुन्थ्यो बेला बेलामा । उसैलाई सम्पर्क गरेँ । भिडियो कलमा कुरा गर्दै आफ्नो समस्या पोख्दै भनेँ, ‘हेर न साथी, मेरो त चौपट भयो । जागिर पनि गयो, सम्पत्ति पनि गयो । म पनि त्यतै आउनुपर्यो ।’ साथीले सोध्यो, ‘कसरी गयो जागिर ? के भयो सञ्जय ? किन यस्तो भयो ?’ मैले कारुणिक स्वरमा भनेँ, ‘सधैँ घरकै तनावमा हुन्थेँ । श्रीमती र आमालाई मिलाउँनै सकिनँ । सधैँ सासूबुहारीको झगडा हुन्थ्यो । झगडाको मध्यस्तकर्ता मै हुन्थेँ । त्यसको असर मेरो अफिसको काममा पर्यो । तनावमा काम गर्दा कहाँ हिसाबमा चिप्लेँ थाहै भएन । जागिर पनि गयो । हिसाब नमिलेको रकम तिर्नुपर्यो । उस्तै परे जेल जानुपथ्र्याे । त्यो त कसो भगवानले जोगाए ।

मेरो कुरा सुनेर साथीले नमिठो मान्दै भन्यो, ‘आउने भए म भिसा पठाउँछु तर धेरै पैसा हँुदैन खाडी मुलुकमा । के तिमी आउँछौ त सञ्जय ? आउने भए सहयोग गर्छु ।’ मलाई के खोज्छस् कानो आँखो भने जस्तो भयो । मैले उत्साहित हुँदै भनेँ, ‘हुन्छ सुनिल म आउँछु । कति समय लाग्छ ? मेरो उत्तर फर्काउँदै साथीले भन्यो, ‘एक महिनाभित्र हुन्छ । मैले भनेँ, ‘अझै छिटो गर न यार । मलाई त एक छिन बस्न मन छैन यहाँ । जिम्मेवारी थपिँदैछ यस्तो अभावमा छोरी जन्मेकी छिन् । खोई कसरी पाल्ने हो ? कसरी आवश्यकता पूरा गर्ने हो ? म त चकित छु । मेरो कुरा सुनेर साथीले भन्यो, ‘हो र सञ्जय ? छोरी छिन् ? भाउजू खोई त ? मैले उत्तर दिँदै भनेँ, ‘भाउजू माइत गएकी छिन् । सुत्केरी भएपछि माइती आराम गर्न पठाइदिएँ ।’

फेरि साथीले सोध्यो, ‘भाउजूले तँलाई यहाँ आउँन दिनुहुन्छ त ?’ मैले भनेँ, ‘उनले त छिटो विदेश जाऊ भनेकी छन् । जे गर्छ पैसाले गर्छ । जब अभावहरूले थिच्छ, मानिस जे गर्न तयार हुन्छ । गाँस, बास कपासविना मायाममता सद्भाव केही पलाउँदैन । प्राणी जातिको पहिलो प्रथामिकता पेट भर्नु हो । पेट भरे नै जिउन सकिन्छ । जिएपछि नै यो रङ्गमञ्चको अभिनय गर्न सकिन्छ ।’ मेरो कुरा सुनेर साथीले भन्यो, ‘हो नि सञ्जय । म पनि विदेश आएको आठ वर्ष भयो । परिवार छोडेर खाडीको मरुभूमिमा जोतिइरहेको छु ।’ मैले अलि प्रसङ्ग बदल्दै भनेँ, ‘सुनिल कहिलेसम्म भिसा आउँछ ? भन न यार ।’ साथीले भन्यो, ‘छिटो प्रयास गर्छु । मेरो बोसलाई भन्छु । यहाँ एकै साहुको कम्पनीमा काम गरौँला । मेरो साहुको धेरै ठाउँमा व्यवसाय छ ।’ मैले भनेँ, ‘त्यसो भए झन् राम्रो हुन्छ । भिडियो कलमा कुरा गर्दै थियौँ । साथीले भन्यो, ‘सञ्जय मेरो ड्युटी जाने बेला भयो । मैले भनेँ, ‘त्यसो भए समयमै ड्युटी जा यार, गफ गर्दै गरौँला । उसले ‘हुन्छ सञ्जय भन्दै कल काट्यो ।’

०००

म विदेश जाने सपना देख्न थालेँ । विदेश गएपछि सम्पूर्ण समस्या हल हुन्छन् । अनेकौँ कुरा सोच्दै विश्वस्त भएँ । विदेश जान प्रतीक्षा गर्न थालेँ । विदेशबाट तीन हप्तामा भिसा आयो । म फुरुङ्ग भएँ । विदेश जान पाइँने भयो । अब त आर्थिक भार कम हुन्छ । अरू साथीहरूको जस्तै प्रगति हुन्छ । मेरो पनि फेरि नयाँ घर हुन्छ । अभावरहित जिन्दगी हुन्छ । अनेकौँ कल्पना सल्बलाए । अनेकौँ सपना देखेँ । पासपोर्ट बनाएँ । साथीलाई सबै डकुमेन्ट मेल गरिदिएँ । दिनहरू बित्दै गए । भिसा आयो । आमालाई खुसी हँुदै भनेँ, ‘आमा मेरो भिसा आयो । म विदेश जाने भएँ ।’

आमाले अँध्यारो हँुदै भन्नुभयो, ‘बाबु, कहिलै मेरो काख छोडेको छैनौँ । अर्काको मुलुकमा गएर कसरी बस्ने ? मेरो नजरदेखि टाढा कसरी पठाउनु ?’ आमाको कुरामा कुरा थप्दै भनेँ, ‘आमा हजुरले भनेको जस्तै मर्द क्या नै कर्ता होइन त प्यारी आमा ?’ आमाले चाउरी परेको मुहार सुम्सुम्याउँदै भन्नुभयो, ‘हुन त हो बाबु तर पनि म त डाँडामाथिको घाम जहिले पनि अस्ताउँन सक्छु । एउटा भएको छोरा परदेश । खोई कसरी पठाउनु । घरमा अस्ताउन लागेकी आमा छु । भर्खर धर्ती टेकेकी चिचिलो नातिनी छे । भर्खर जवान उमेरकी बुहारी छे । सबै छोडेर जान्छौ र बाबु, परदेश ? लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा भनेका छन् ।

हातको मैला सुनको थैला के गर्र्नु धनले
साग र सिस्नु खाएको मिठो आनन्दी मनले ।

आमाको कुरा सुनेर सम्झाउँदै भनेँ, ‘त्यो त सही हो आमा । हजुरले भन्नुभएको ठिक हो । बाध्यताको ओखती केही हँुदैन । मजबुरीले मानिसलाई दास बनाउँछ । परदेश जाने कसैको रहर हँुदैन तर के गर्नु आमा बाध्यता छ । त्यति ठुलो नोक्सान भयो । दशा लाग्यो । परिवार त पाल्नै प¥यो । अरू विकल्प पनि त छैन । आफ्नै देशमा काम गर्ने वातावरण छैन । सबै त विदेश गएका छन् । धेरैको विदेश गएर आर्थिक उन्नति भएको छ । वैदेशिक रेमिटान्सले देश चलेको छ । चिन्ता नलिनु आमा सबै राम्रो हुन्छ ।’ विदेश जान बिदाबादी हुन ससुराली गएँ । श्रीमतीले मलाई देखिन् । खुसी हँुदै उनले भनिन्, ‘कहाँबाट बाटो बिरायौ बुढा ? मैले भनेँ, ‘विदेश जाँदैछु । तिमीहरूलाई भेट्न आएको नि । उनले आश्चर्य मान्दै भनिन्, ‘विदेश जाँदैछौ हो र ? यति छिटो भिसा आयो त ? मैले उनको प्रश्नको उत्तर दिँदै भनेँ, ‘भिसा आयो नि सुषमा ।

उनले अपत्यारिलो हुँदै भनिन्, ‘होइन होला त्यसै भन्दैछौ । मैले अलि प्रसङ्ग बदल्दै भने, ‘सुषमा खोई मेरी छोरी ?’ उनले हाँस्दै भनिन्, ‘तिम्री छोरीलाई मम्मीले तेल लगाउँदै हुनुहुन्छ ।’ छोरीलाई सोध्दै थिएँ । सासूआमा नातिनी लिएर आउनुभयो । सासूआमालाई नमस्ते गरेँ । सासूआमाले नमस्ते फर्काउँदै भन्नुभयो, ‘ज्वाइँ बाबु, हजुरकी छोरी ।’ उहाँले छोरी काखमा दिनुभयो । छोरीलाई काखमा लिएँ । हाहा हुहु गर्दै थिइन् छोरी । आँखा जुधाउँदै खिसिक्क हाँसिन् । ‘बाबा बाबा’ भन्दै बोलिन् । छोरी खेलाउँदै भनेँ, ‘कति छिटो हाँस्ने बोल्ने भइछन् छोरी ।’ सासूआमाले भन्नुभयो, ‘कलियुगका बच्चा यस्तै हुन् । जन्मिना साथ हाँस्न थाल्छन् । हाइब्रिड खानपिनको प्रभाव हो । आजभोलिका फलफूल अन्नपात लगाउना साथ फल्न सुरु गर्छन् । त्यस्तै आजभोलिका बच्चा जन्मनसाथ बोल्छन् । कली धपक्कै बली भनेको यही त होला ?’

मैले सासूआमाको कुरामा कुरा थप्दै भनेँ, ‘हो नि मम्मी । आजभोलि सबै परिवर्तन भयो । हावापानी नै चेन्ज भयो । खानपान, रहनसहन सबै परिवर्तन भयो । मानिसको सोचाइ र विचारमै परिवर्तन आयो । त्यसैअनुसार बाँच्ने जीवनशैली नै परिवर्तन भयो । परिवर्तनशील समयको प्रभाव हो यो ।’ छोरी काखमा लिँदैछु । चारै हातखुट्टा फ्याँकेर खेल्दै छिन् । साँच्ची नै चिनेको जस्तै गरी ‘बाबा बाबा’ भन्दै छिन् । उज्यालो मुहार, ठुला ठुला आँखा, लामा लामा परेला, गुलाबी ओठ, सारै राम्री । खिसी खिसी हाँसेर मोहनी लगाइन् । छोरीको मायाले लुथ्रुक्क भएँ । साँच्ची नै बच्चाहरू कति मायालु हुन्छन् । त्यसमा पनि आफ्नो सन्तान कति प्यारो लाग्ने । छोरी काखमा लिँदा आपूm बाबु बनेको अनुभूति भयो । संसारमै आफ्नो सन्तान सबैभन्दा प्यारो लाग्यो । बाबुआमा आफ्नो सन्तानप्रति जस्तोसुकै पनि त्याग गर्छन् । पूर्ण समर्पित हुन्छन् । छोराछोरीको सुख र खुसीमा आफू सन्तुष्ट हुन्छन् । आफू भोकै बसेर पनि सन्तानको पेट भर्छन् ।

मैले पनि छोरीप्रतिको मायामा चुर्लुम्म डुबुल्की मारँे । छोरी खेलाउँदै संसार बिर्सें । एकछिन त अभाव सङ्कटहरू मानसपटलबाट हराए । म छोरीमै केन्द्रित भएँ । एकाएक मन मस्तिष्कमा प्रश्न उठ्यो । यति सानी अबोध नानी छोडेर कसरी परदेश जानु ? बाबुको न्यानु मायाबाट वञ्चित हुने यिनको के दोष छ ? अबोध छोरीको मायाले मन मस्तिष्कमा स्पर्श गर्यो । छोरीलाई काखमा खेलाइरहुँ जस्तो लाग्यो । छोरी छोडेर परदेश नजाऊँ जस्तो लाग्यो । खुसी हँुदै छोरी खेलाउँदै थिएँ । पत्नी अर्थात् सुषमाले हाँस्दै भनिन्, ‘बुढा, छोरी छोडेर कसरी परदेश जान्छौ ?’ उनको प्रश्नले झल्यास्स भएँ । एकाएक मुड चेन्ज भयो । मैले संवेदनशील हँुदै भनेँ, ‘सुषमा, बाध्यता बलियो हुन्छ । छोरीलाई लालनपालन शिक्षादीक्षा दिनुपर्छ । मायाले मात्र पेट भरिँदैन, त्यसका लागि पैसा चाहिन्छ । एक जना बाबुको जिम्मेवारीबोध हँुदैछ । विदेश गएर नै आर्थिक पाटो सुल्झिन्छ । मानिसलाई बाध्यताको भुँमरीले कहाँ पुर्याइदिन्छ ।’

सुषमाले हाँस्दै भनिन्, ‘बल्ल मेरा बुढाको बुद्धि आउँदैछ । बुद्धि आउँन पनि बाबु बन्नुपर्ने रहेछ ।’ मैले पनि ठट्यौली पारामा भनेँ, ‘हो नि सुषमा । बाबु नबन्दासम्म म आफैँ बच्चा थिएँ ।’ सुषमाले अलि प्रसङ्ग बदल्दै भनिन्, ‘बुढा, तिमीलाई भोक लाग्यो होला ?’ मैले भनेँ, ‘हो नि सुषमा भोक लाग्यो । बिहान छिटै खाना खाएर निस्केको थिएँ । तीन बजिसक्यो । खाजा खाने बेला भयो ।’ सासूआमा भान्सामा खाजा बनाउँदै हुनुहुन्थ्यो । सुषमाले भान्सातिर लाग्दै भनिन्, ‘मम्मी, ज्वाइँ भोकाउनुभयो । खाजा लगिदिन्छु ।’ थालमा पुरीतरकारी राखिन् । हतरपतर खाजा लिएर आइन् । म छोरी काखमा राखेर खेलाउँदै थिएँ । छोरी मेरो मुहार हेर्दै खिस्स खिस्स हाँस्दै थिएन् । छोरीको अबोध नजर मेरो नयनमै थियो । नजर जुधाउँदै छोरी मुस्कान छर्दै थिइन् । छोरीलाई सधैँभरि आफ्नै छातीमा टासेर राखौँ जस्तो लाग्यो । छोरीको मुस्कानले मलाई मोहोनी लगाउँदै थियो ।

उनको अबोध मुस्कानमा संसारको खुसी प्राप्तिको अनुभूति भइरह्यो । छोरीको सामीप्यमा ससुराली रमाइलो लाग्यो । छोरी खेलाउँदै गर्दा मग्न भएँ । छोरीसँग परिवेश नै बदलिएको भान भयो । छोरीको ममताले संसार सुन्दर देखेँ । चारैतिर हराभरा महसुस गरेँ । जिन्दगी भर्खर फक्रेको फूल जस्तो रङ्गीन लाग्यो । मायामोहमा संसार भुलेँ । मायाको अमृतपान रसास्वादन गरँे । मोहको सागरमा डुबुल्की मारेँ । म छोरी खेलाउँदै संसार भुल्दै थिएँ । सुषमाले प्लेटमा खाजा टक्य्राउँदै भनिन्, ‘खाजा खाऊ मेरो राजा । मैले खुसी हँुदै भनेँ, ‘सुषमा, छोरीले भोक प्यास बिर्साइदिइन् ।’ सुषमाले मुसुक्क मुस्कुराउँदै भनिन्, ‘छोरीले संसारै बिसाइदिई तिमीलाई ?’ मैले मुस्कुराउँदै भनेँ, ‘हो नि सुषमा, छोरी मेरी त हुन् ।’ सुषमाले भनिन्, ‘हो हो तिम्रै छोरी हुन् । खाजा खाऊ चिसो भयो । मम्मीले तातो तातो पुड़ी पकाउनुभएको छ । ज्वाइँको स्पेसल खाजा भन्दै हुनुहुन्थ्यो ।’ मैले भनेँ, ‘ससुरालीको मेजमानी खानै पर्यो । सुषमा छोरी समात म खाजा खान्छु ।’

सुषमाले छोरी काख हालिन् । छोरीलाई दुध चुसाइन् । मैले खाजा खाएँ । सारै मिठो लाग्यो त्यो खाजा । पनिर राजमाको तरकारी, आलु काँक्राको अचार, पुरी साह्रै मिठो लाग्यो । थपी थपी खाएँ । पेट भरियो । सूर्यनारायण कोल्टे फेर्दै थिए । बेलुकीको सङ्केत गर्दै थिए । घर फर्किने बेला हँुदै थियो । सुषमाले भनिन्, ‘सञ्जय आज यतै बस । रहर पुग्ने गरी छोरी खेलाऊ । परदेश जाँदैछौ । खोई अब कहिले भेट हुन्छ ?’ मैले अलि सिरियस हुँदै भनेँ, ‘रहर कहाँ पुग्छ र सुषमा ? साँची नै भनेको तिमीहरूलाई छोडेर जान मन छैन । मेरो यो विशाल संसार छोडेर कसरी जाऊँ ? मलाई तिमीहरूको मायाले बाँध्यो सुषमा । मायाको जन्जिरमा फसेँ । भिसा आइसक्यो । यो हप्ता काममा पुग्नुपर्छ । साथी भएकोले छिटो काम भयो । धेरै खर्च पनि लागेन । साथीले सबै सहयोग गर्यो ।’ सुषमाले निन्याउरो हँुदै भनिन्, ‘कहिले जान्छौ प्यारा ?’

मैले सिरियस हँुदै भनेँ, ‘पर्सी जान्छु प्यारी । आज तिमेरूसँगै बस्छु । आज छोरीसँगै खेल्छु । फुच्ची छोडेर जान मनै लागेन । आमालाई अहिले फोन गर्छु । यतै बस्छु भनेर जानकारी दिनुपर्यो ।’ आमाको नम्बर डायल गरेँ । किरिङ किरिङ घण्टी गयो । आमाले फोन उठाउनु भयो । आमाको हेल्लो भन्ने आवाज सुनेँ । मैले ‘आमा’ भनेँ । आमाले सोध्नुभयो, ‘बाबु कति बेला फर्कन्छौ ?’ मैले भनेँ, ‘आमा म आज यतै बस्छु । हजुरकी नातिनीसँग बस्न मन लाग्यो ।’ आमाले खुसी हँुदै सोध्नुभयो, ‘मेरी नातिनी कस्ती भइछे ?’ मैले पनि खुसाउँदै आमासँग भनेँ, ‘नातिनीले मोहनी लगाउँछे । हाँस्ने बोल्ने भई हजुरकी नातिनी ।’ आमाले उत्साहित हँुदै भन्नुभयो, ‘साउँको भन्दा ब्याजको माया लाग्ने रहेछ । त्यो फुच्चीलाई कहिले देखौँ भयो । नातिनीको न्यास्रो लाग्यो ।’

मैले भनेँ, ‘हो नि आमा नातिनी मायालु छिन् । आमाले अलि प्रसङ्ग बदल्दै भन्नुभयो, पर्सिको साइत छ । भोलि जसरी पनि फर्किनु बाबु ।’ मैले आमाको आज्ञाकारिता जनाउँदै भनेँ, ‘हुन्छ आमा म भोलि आउँछु’ भनेर फोन राखेँ । सुषमाले खुसी हँुदै भनिन्, ‘आज त बुढा हामीसँगै बस्ने भए ।’ उनी खुसी भएको देखेर मनमा खल्लो लाग्यो । मेरा बालबच्चा छोडेर म परदेश जाँदैछु । खोई कहिले फर्किने हो ? कति त परदेश गएका बाकसमा आउँछन् । यो अनिश्चित जिन्दगीको कुनै भर छैन । हे भगवान फेरि भेट होला नहोला ? समयले कता पुर्याउला ? मनमा नाना थरी कुरा खेले । म टोलाएर मौन भएछु । सुषमाले भनिन्, ‘बुढा, किन टोलाएको ?’ उनलाई कुरा लुकाउँदै भनेँ, ‘होइन केही होइन ।’ उनले छोरी मेरो काखमा दिइन् । फेरि छोरी खेलाउन थालेँ । छोरीमै केन्द्रित भएँ । सबै व्यवहार बिर्सिएँ । छोरीको मायारूपी अस्त्रले छोयो । त्यो परिवेश नै बेग्लै भयो । ससुराली नै रमणीय लाग्यो ।

बतिला जस्ती नानी,
फूल जस्ती रानी
प्यारा परिवार छोडेर,
कसरी परदेश जानी ?

हेर सुषमा, के गर्नु भाग्यको खेल भनुँ कि कर्मको फल भनुँ, त्यति राम्रो जागिर गयो । हामीलाई दुःख लेखेको रहेछ । जे भोग्नु छ भोग्नै पर्छ । भाग्यविधाताले छैटौँमा लेखेको कुरा टर्दैन भनिन्छ । ललाटमा जे छ त्यही पाइन्छ । बिग्रने बेलामा बुद्धि विवेकले काम गर्दैन । मेरो जागिरको सन्दर्भ त्यस्तै भयो ।’ मेरो कुरा सुनेर सुषमाले भनिन्, ‘हो नि बुढा, त्यति राम्रो जागिर हाम्रो भागमै थिएन ।’ मैले सुषमालाई सकारात्मक बनाउँदै भनेँ, ‘जिन्दगीमा त उतार चढाव हुन्छ नै, परिस्थितिलाई स्वीकार गर्ने हो । त्यसैले भनिन्छ लाइफ इज नट पिकनिक । जिन्दगी त सङ्घर्ष माझ फुल्ने फूल हो । जिन्दगी आगाले खारेर निकालेको सुन हो । बाँडाले आगोले पोल्दै हथौडाले पिटी पिटी सुन्दर श्रीफुल बनाउँछ । त्यस्तै परिस्थितिको हथौडाले पिटी पिटी जिन्दगीको श्रीफुल बन्छ । यस धर्तीमा आएदेखि यस्तै चल्छ जिन्दगी । उतारचढाव यस्तै हो जिन्दगी सुषमा । पहिला हामी दुई थियौँ । अब त दुईबाट तीन भयौँ । बुढी भएकी आमाको रेखदेख गर्नुपर्छ । आमालाई राम्रो गर्नुपर्छ । आमा भएर नै तिम्रो र मेरो मिलन भयो होइन त सुषमा ?’ उत्तर फर्काउँदै सुषमाले भनिन्, ‘बुढा, धेरै आदर्शको कुरा नगर ।’

मैले उनलाई सम्झाउँदै भने, ‘आदर्श कहाँ हुनु यथार्थ हो । व्यावहारिक कुरा गरेको बुझ न सुषमा ।’ बुढाबुढी गफिँदै थियौँ । समय बितेको थाहै भएन । सूर्य अस्त भयो । सन्ध्याकालीन रिमझिम साँझले सङ्केत गरिरहेको थियो । सन्ध्याले दिनलाई बिदाई गर्दै रातलाई स्वागत गरिरहेको थियो । सासूआमाले बोलाउनुभयो, ‘ज्वाइँ बाबु, भान्सा तयार भयो ।’ मैले भनेँ, ‘हुन्छ मम्मी हामी आयौँ ।’ छोरी काख च्यापेर भान्सातिर लाग्यौँ । भान्साको डाइनिङमा बस्यौँ । मम्मीले खाना पस्किनुभयो । सुषमाले खानाको थाल टेबुलमा राखिन् । मम्मीले नातिनी समाउनुभयो । सुषमा र म सँगै खाना खान लाग्याँै । सुषमाले कचौराभरिको सुप देखाउँदै भनिन्, ‘सञ्जय तिमीलाई थाहा छ यो के हो ?’ मैले अनजान हँुदै भनेँ, ‘खोई सुषमा मलाई थाहा छैन ।’ ‘यही हो ज्वानुको सुप बुझ्यौ ? छोरीको बाबु भइसक्यौ केही थाहा छैन । अनजान बालक जस्तै छौ ।’

उनले यसो भनेपछि मैले भनेँ, ‘हो नि सुषमा, व्यवहारमा नपरेसम्म अनजान नै भइन्छ । पढेरभन्दा परेर मानिस परिपक्व हुन्छ । अनुभव नै सबैभन्दा ठुलो ज्ञान हो ।’ सुषमाले परिपक्क हुँदै भनिन्, ‘हरेक कुरा समय र परिस्थितिले सिकाउँछ ।’ मैले भनेँ, ‘हो नि मेरी बुढी कति पाको कुरा ग¥यौ ।’ ज्वानुको झोल सुरुप्प पार्दै सुषमाले जिस्किँदै भनिन्, ‘ज्वानुको झोल पिएपछि के हुन्छ थाहा छ ?’ मैले टाउको हल्लाउँदै थाहा छैन भन्ने सङ्केत गरेँ । फेरि उनले मजाक शैलीमा भनिन्, ‘यति पनि थाहा छैन लाटा ?’ मैले नजानिँदो हँुदै भनँे, ‘हो नि लाटी भान्साको कुरा पुरुषलाई थाहा हुन्छ र ?’ सुषमाले जिस्क्याउँदै भनिन्, ‘तिम्री छोरीले पिउँने दुध यही झोलझालमा हुन्छ । ज्वानुको झोल पिएपछि दुध आउँछ ।’ मैले पनि जिस्किँदै भनँे, ‘बुझेँ बुझेँ लाटी ।’

दुवैले गफिँदै खाना खायौँ । बेसिनमा हात चुठेँ । टाबेलले हात पुछेँ । पुनः सासूआमाको काखबाट छोरी लिएँ । हामी कोठामा गयौँ । म छोरी र श्रीमतीमै सीमित भएँ । सासूससुरासँग औपचारिकता मात्र भयो । छोरी भुसुक्क निदाई । दुवै रातिसम्म गफियौँ । मैले भनेँ, ‘सुषमा छोरी जन्मेपछि अझै राम्री भयौ । कलिली देखिएकी छ्यौ । झनै राम्री भयौ । सुषमाले भनिन्, ‘सुत्केरीपछि रगत बदलिन्छ । वसन्त ऋतुको पालुवा पलाए जस्तै हो । सुकोमल हुन्छ शरीर । बदलिन्छ शरीरको बनावट । नारी सुन्दरता झल्कन्छ । मैले उनलाई गौर गरेर नियाल्दै भनेँ, ‘सुषमा तिमीलाई देखेर लोभिएँ । कति राम्री भएकी तिमी ।’ रात मौन सुनसान थियो । सबै सुतिसकेका थिए । मन्द जुनको प्रकाश छरिएको थियो । त्यो रात नै सौन्दर्यले भरिएको थियो । मौसम आफ्नै अनुकूल थियो । फूल जस्ती फुलिरहेकी सुषमाको साथमा थिएँ । भर्खर लभ पर्दाको क्षण जस्तै लाग्दै थियो । मेरी प्यारीलाई अँगालो हाल्दै भनेँ, ‘बुढी, तिमी त गलफ्रेन्ड जस्तै लागिरहेकी छ्यौ ।’

उनले मुसुक्क मुस्कुराउँदै ठट्टा गर्दै भनिन्, ‘त्यसो भए आज त हामी डेटिङमा छौँ ?’ मायाका फूलहरू वर्षाउँदै भनेँ, ‘हो नि प्यारी डेटिङ नै जस्तो लागिरहेको छ । तिमीलाई माया मात्र गर्छु आज । तिमी अझै सुत्केरी छ्यौ । तिमीलाई बिजाउन चाहन्न । सुत्केरीमा खुलेको शरीर बाँधिदै छ । यो बेलामा कपास जस्तो हुन्छ शरीर । सुत्केरीमा शरीर संवेदनशील हुन्छ । सुषमाले मुस्कुराउँदै भनिन्, ‘तिमी आपूmलाई कन्ट्रोल गर्न सक्छौ ?’ मैले सिरियस हँुदै भनेँ, ‘बेबी आगोमा घिउ त पग्लिहाल्छ नि तर आपूmलाई सम्हाल्छु बेबी धन्दा नमान । म बुझ्छु नि तिमीलाई । तिमी त मेरी प्रोपर्टी हौ । मैले जतन गर्नुप¥यो नि । अहिले स्याहार संहार गरे सधैँ काम लाग्छ ।’ उनले मुस्कुराउँदै भनिन्, ‘कति ज्ञानी मेरो बुढो । असल मान्छे ।

मैले चुम्बन वर्षाउँदै भने, ‘तिम्रो मासुम चेहेरा नियालिरहेको छु । तिम्रा यी ठुला ठुला गाजलु ती नयनमा पौडिरहेको छु । तिम्रा कोमल बदनको स्पर्शले आनन्दित छु । म प्रफुल्लित भएँ प्यारी । तिम्रो सामीप्य नै काफी छ । तिम्रो मायामा काम वासना नै परास्त गर्न सक्छु । तिम्रो संवेदनशील अवस्थामा कामवासना लाद्न चाहन्न । त्यति अबुझ स्वार्थी कहाँ छु र । रात उकालिँदै थियो । वातावरण शान्त थियो । जुनको टहटह समधुर प्रकाश छरिएको थियो । त्यो रात विशेष अनुभूति हँुदै थियो । गुलाफ जस्ती खिलेकी मेरी प्यारीको साथ थिए । घडीको सुई सुस्तरी चलिरहोस् जस्तो लागिरह्यो । समय आफ्नै गतिमा थियो । जुनेली रात आफैँमा नतमस्तक थियो । प्रेमिल वातावरण थियो । उनी मेरो अँगालोमै भुसुक्कै निदाइन् । मैले उनको मुहार नियालिरहेँ । उनलाई अबोध बालक जस्ती देखेँ । अझै मायालु लाग्यो ।

उनलाई नियाल्दै थिए भुसुक्कै निदाएछु । अचेतन लोकमा पुगेँ । रात ढल्किँदै गयो । बिहानीको पहरले स्पर्श ग¥यो । निद्रादेवीले बिदा लिइन् । आँखा उघारेर हेरेँ । घडीको सुई आफ्नै गतिमा थियो । प्रभातले स्वागत गरिरहेको थियो । उषाकालीन चिसो वायुको स्पर्श महसुस भयो । हल्का चिसो चिसो शितलताको अनुभूति भयो । छोरी बिउँझेर औला चुसिरहेकी थिइन् । मैले यसो हेरेर बोलाएँ । मलाई हेरेर खिस्स हाँसिन् । मैले भने, ‘सुषमा उठ न बिहान भयो । छोरी उठिसकिन् । भोक मानेकी छिन् छोरीले ।’ सुषमाको निद्रा खुल्यो । आँखा मिच्दै भनिन्, ‘कति मिठो निद्रामा थिएँ । यी बाबुछोरीले उठाइदिए । सुत्न दिँदै दिएनन् ।’ उठेर बिस्तरामा बसिन् । छोरीलाई काख लिइन् । डाइपर फेराइन् । स्तनपान गराइन् । मैले अचम्म मान्दै भनेँ, ‘सुषमा, हाम्री छोरी कति छिटो हाँस्ने भइन् ।’ मेरो कुरा सुनेर सुषमाले भनिन्, ‘कलियुगका शिशुहरू छिटो बोल्छन्, हाँस्छन् ।’

मैले रहस्य मान्दै सोधेँ, ‘सुषमा किन आजभोलिका बच्चा छिटो हाँस्छन् ?’ सुषमाले भनिन्, ‘हाइब्रिड खानपिनको प्रभाव हो । अर्को कुरा समयको प्रभाव पनि हो । शास्त्रले भनेको छ, कलियुगमा धेरै कुरा विपरीत हुन्छ । कलियुगको प्रभाव हो बुढा । अचम्म लाग्छ आज भोलिका बच्चाहरू त गर्भमै सिकेर आउँछन् । हाम्रो रहनसहनको प्रभाव हो । हाम्रो खानपिनको प्रभाव पनि हो । हाम्रो जीवनशैलीले गर्भमै प्रभाव पार्छ । त्यसैले भनिन्छ, गर्भ रहँदा सकारात्मक सोच्नुपर्छ । असल कर्म गर्नु । प्रेममय वातावरणमा बस्नुपर्छ । आपूm सुत्ने कोठामा राम्रा तस्वीरहरू राख्नुपर्छ । जस्तो दृष्टि, उस्तै सृष्टि भनिन्छ । प्रकृतिको सुन्दर वातावरणसँग घुलमिल हुनुपर्छ । पोषिलो खाना खानुपर्छ । पोषिलो रसिलो पिउनु पर्छ । तब नै बच्चा हेल्दी जन्मिन्छन् । शारीरिक, मानसिक रूपबाट तन्दुरुस्त बच्चा जन्मिन्छ । मैले भनेँ, ‘बुढी कति सान्दर्भिक कुरा गर्यौ ।’

उनले हाँस्दै भनिन्, ‘हो नि अब त हामी पाको भइसक्यौ । म आमा भएँ, तिमी बाबु भयौँ । समयले हरेक कुरा बुझाउँदै लैजान्छ ।’ अलि प्रसङ्ग बदल्दै मैले भनेँ, ‘सुषमा म त फ्रेस भएर आउँछु ।’ उनले भनिन्, ‘तिमी पहिला फ्रेस भएर आऊ । तिमीले बसेर छोरी हेर । म जान्छु फ्रेस हुन ।’ मैले आज्ञाकारी हुँदै भनँे, ‘हुन्छ म बाथरुम लागेँ । शौचालय गएँ । ब्रस गरेँ । नुहाई धुवाई गरेँ । फ्रेस भएँ । टाबेलले पूरै शरीर पुछेँ । सफा कपडा लगाएँ । पुनः पत्नी भएको कोठामा पसेँ । सुषमाले भनिन्, ‘लेऊ तिम्रो नासो । म फ्रेस भएर आउँछु ।’ मैले हुन्छ भन्दै छोरी काख लिएँ । उनी बाथरुमतिर लागिन् । छोरी खिस्स खिस्स हाँस्दै थिएँन् । छोरीको हाँसोमा मोहित भएँ । साँच्ची नै भन्दा आफ्नो सन्तान कति प्यारो हुन्छ । आफ्नै ज्यानभन्दा पनि प्यारी लाग्यो । हुन त सन्तान सबै समान हुन् तर पनि आमालाई छोरो प्यारो हुन्छ । बाबुलाई छोरी प्यारी हुन्छिन् । छोरी खेलाउँदै थिएँ । सुषमा, ‘बुढो’ भन्दै भित्र आइन् ।

मैले उनीतिर फर्केर हेर्दै भनेँ, ‘किन मेरी रानी, के भन्न खोजेकी ?’ उनले हाँस्दै भनिन्, ‘भयो बुढा विदेश नजाऊ ।’ मैले सिरियस हँुदै भनेँ, ‘हो नि प्यारी मलाई पनि विदेश जान त मन कहाँ छ र ? तर पनि बाध्यताका दास हौँ हामी । परिस्थितिले डोहोर्याइरहेको छ ।’ बिहानै बुढाबुढी गफिँदै थियौँ । सासूआमा चिया लिएर आउनुभयो । मैले सासूआमालाई भनेँ, ‘मम्मी, हामी भान्सामै आउने थियौँ । दुःख गर्नुभयो । चियाका लागि धन्यवाद मम्मी । सासूआमाले खिस्स हाँस्दै भन्नुभयो, ‘दुःख होइन बाबु, यो त हाम्रो स्नेह हो’ भन्दै भान्सातिर लाग्नुभयो । चियाको चुस्कीसँगै पुनः बुढाबुढीको गन्थन सुरु भयो । घरमा हँुदा सासूबुहारीको बेमेलको भुँमरीले अशान्ति हुन्थ्यो । सधैँ तिम्री आमाले यस्तो गरिन् । तिम्री आमाले उस्तो गरिन् भन्थिन् । उनको गुनासो सुन्दै ठिक्क हुन्थ्यो ।

ससुरालीमा त्यस्तो वातावरण थिएन । माया स्नेहपूर्ण वातावरण थियो । कुनै अभाव पनि थिएन । कुनै व्यवहारको भारी पनि थिएन । थियो त ससुरालीको मेजमानी थियो । हरेक पल छोटो लाग्दै थियो । घडीको सुई तीव्र गतिमै दगुरेको भान भइरह्यो । त्यो दिन निक्कै प्रेममय बन्यो । निभ्ने बेलाको ज्योतिको प्रकाशजस्तो भयो । टाढा जाने बेलाको सुमधुर सम्बन्ध थियो । समय बितेको पत्तै भएन । बिहानीको १० बज्यो । खाना खायौँ । बिदाबादी हुने समय भयो । सासूआमाले रातो टीका लगाउँदै आशीर्वाद दिँदै भन्नुभयो, ‘ज्वाइँ बाबुले चिताएको पुगोस् । भगवान दाहिना हुन् । छोरी ज्वाइँको ज्यान टाढा भए पनि मन नजिक होस् ।’

सासूआमाको आशीर्वादले भावुक भएँ । ज्यान टाढा हुँदैछ । मन खोई कस्तो हुने हो ? त्यो त समयले बताउला । कस्तो नरमाइलो लाग्यो । भर्खर फक्रेकी फूल जस्ती श्रीमती, बतिला जस्ती मेरी छोरी कसरी छोडौँ ? नाना थरी मानसपटलमा घुमे । मदनले मुनालाई छोडेर परदेश लागेको अवस्था भयो । बाध्यता काल जस्तै बलियो भयो । छुट्ने बेला भयो । बिदाबादी भएँ । निदाइरहेकी छोरीलाई मुई खाएँ । श्रीमतीलाई अँगाल्दै भनेँ, ‘राम्रोसँग बस है प्यारी । छोरीको राम्रो ख्याल गर्नू ।’ उनका नयन सजल भए । अश्रुधारा आशु बगे । मैले पनि आफूलाई थाम्न सकिनँ । मैले पनि उनीसँगै रुँदै भनेँ, ‘नरोउ प्यारी छिट्टै फर्की आउँछु । चिन्ता नलेऊ’ भन्दै बाटो लागेँ । पर पुगुन्जेल फर्की फर्की हेरिरहेँ । उनी पनि मलाई एकोहोरो हेरिरहेकी थिइन् । टाढा टाढा हँुदै एकअर्का नै ओझेल पर्यौं ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार