सोमबार सुनको मूल्य थप घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य दुई हजार रुपैयाँ घटेको हो । जसअनुसार सोमबार सुनको मूल्य तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा तीन हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर दुई हजार ९८० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार