२०८२ कात्तिक १० , सोमबार 27, October 2025, Monday

देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

सत्यपाटी । काठमाडौं
२०८२ कात्तिक १० गते सोमबार

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ ।

आज दिनभरको मौसम

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

आज रातिको मौसम

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार