अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने तयारी गरेको छ । सन् २०२५ सुरु भएपछि फेडरल रिजर्भले पहिलो पटक ब्याजदर कटौती गर्ने तयारी गरेको हो । यसले बढ्दो राजनीतिक दबाब र सम्भावित विभाजनका साथ अगाडि बढ्ने बाटोमा प्रतिस्पर्धी शक्तिहरूको आलोचना खेप्नुपरेको छ ।
यदी फेडरल रिजर्भले ब्याजदर कटौती गरेमा डलरमा लगानी गर्दै आएका लगानीकर्ता सुनमा झुम्मिने छन् । सुनको मूल्य आकासिने संभावना बढेको छ । फेडरल रिजर्भले ब्याजदर घटाउने अनुमानका आधारमा लगानीकर्ताले सुनमा अधिक लगानी बढाउँदा विश्व बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।
गोल्ड प्राइसका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिर्औंस ३६ सय ५६ डलरमा कारोबार भएको छ । यसबीचमा डलरको भाउ कम भएको छ । फेडरल रिजर्भले आफ्नो दुई दिने नीति समीक्षा बैठकको अन्त्यमा दरहरू घटाउने कुरामा करिब सकारात्मक देखिएको छ । व्यापक रूपमा कमजोर रोजगार बजारबाट प्रेरित हुँदै २५ आधार बिन्दुको कटौतीको अपेक्षा बजारले गरेको छ । आउने थप कटौतीको गति र आकार पक्का भने अझै भएको छैन ।
बैंक अफ इङल्यान्डले पनि ब्याजदर घटाएर २.५० प्रतिशतमा झारेको छ । यस्तै बैंक अफ क्यानाडाले पनि ब्याजजदर घटाएर साढे दुई प्रतिशत कायम गरेको छ । उन्नत अर्थतन्त्रका केन्द्रीय बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेपछि अमेरिकाको फेडरल रिजर्भलाई थप दबाब परेको छ । ब्याजदर घटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरिम पावेललाई दबाब दिइरहेका छन् ।
तर, पावेलले नघटाउने अडान लिइरहेका कारण लामो समय ब्याजदर स्थिर रहेन गएको छ । फेडरलको ब्याजदर ४.२५ प्रतिशतसम्म रहेको छ । यता सेयर बजार उठ्न सकेको छैन । लगानी सुरक्षित गर्न डलरको बिकल्पमा सुनमा लगानी बढेको छ । फेडरल रिजर्भले ब्याजदर घटाए विश्व बजारमा सुनको भाउ बढेर प्रतिऔंस चार हजार डलरसम्म पुग्ने देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
उनका अनुसार बुधबार प्रतिऔंस ३७ सय डलर नजिक पुगेकोमा हिजो केही घटेर साढे ३६ सय ५६ डलरमा आएको छ । प्रतिऔंस चारहजार डलर पुग्यो भने नेपालमा सुनको भाउ बढेर २ लाख ३५ हजार रुपैयाँसम्म पुग्ने उनले जानकारी दिए । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । विश्व बजारमा भाउ केही कम भएकाले बिहीबार नेपालमा केही सस्तो हुनसक्ने व्यवसायी शाक्यको अनमान छ ।
बुधबार फेडको दर–निर्धारण गर्ने खुला बजार समिति (एफओएमसी)ले आफ्नो दोस्रो दिनको छलफललाई स्थानीय समयअनुसार बुधबार बिहान ९ः०० बजेका लागि निर्धारित गरेको छ । मंगलबार बिहान समितिको बैठक बस्नुअघि नै राष्ट्रपति ट्रम्पको कदमले यसको संरचनामा अनिश्चितता पैदा गरेको थियो । केन्द्रीय बैंलाई दरहरू घटाउन महिनौँसम्म दबाब दिएका राष्ट्रपति ट्रम्पले यसअघि फेड अध्यक्ष लिसा कुकलाई बर्खास्त गर्ने कदम चालेका थिए ।
यस्तो छ असहमति

अर्थशास्त्रीहरूले एफओएमसीको बीचमा थप विभाजन देख्ने अपेक्षा गरेका छन् । किनकि नीति निर्माताहरू ट्रम्पको नयाँ कर नीति र बिग्रँदो रोजगार बजारका कारण उच्च मुद्रास्फीतिको जोखिमलाई सन्तुलनमा राख्दै अगाडि बढ्नेछन् । सामान्यतया, फेडले मुद्रास्फीतिलाई आफ्नो दुई प्रतिशतको लक्ष्यमा फिर्ता ल्याउन दरहरू उच्च स्तरमा राख्न इच्छुक हुन सक्छ ।
यसले कमजोर श्रम बजारलाई समर्थन गर्न दरहरू घटाउने निर्णय लिन पनि सक्छ । मुद्रास्फीति उल्लेखनीय रूपमा २ प्रतिशतभन्दा माथि छ । तर, यस पटक रोजगारीको चिन्ताले जित्ने अनुमान गरिएको छ । तर आर्थिक चित्रको अर्थ यो हो कि यदि अधिकांशले २५ आधार बिन्दुको कटौतीको लागि मतदान गरे पनि अधिकारीहरूले दुबै दिशामा असहमति जनाउन सक्दछन् । यो स्थिति सन् २०१९ पछि देखिएको थिएन ।
‘यो राम्रो ठाउँ होइन,’ केपीएमजीका प्रमुख अर्थशास्त्री डायन स्वकले भनेका छन्, ‘वास्तविकता मुद्रास्फीति र यसका कारण देखिएको बेरोजगारी दर हो ।’ फेड गभर्नरहरू क्रिस्टोफर वालर र मिशेल बोमनले ५० अंकको कटौतीको पक्षमा सहमति नजनाउन सक्छन् । उनीहरूले एफओएमसीको दरहरू कटौती गर्नेभन्दा स्थिर राख्ने निर्णयको पक्षमा मतदान गरेका छन् ।
फेडरल रिजर्भले आफ्नो दुई दिने नीति समीक्षा बैठकको अन्त्यमा दरहरू घटाउने कुरामा करिब सकारात्मक देखिएको छ । व्यापक रूपमा कमजोर रोजगार बजारबाट प्रेरित हुँदै २५ आधार बिन्दुको कटौतीको अपेक्षा बजारले गरेको छ । आउने थप कटौतीको गति र आकार पक्का भने अझै भएको छैन ।
सत्यपाटी