बजेट सार्वजनिक हुने दिन जेठ १५ नजिकिँदै गर्दा अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । अर्थमन्त्री तथा मन्त्रालयका अधिकारीहरू बजेट निर्माणमा व्यस्त भएकाले अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । सरकारले आगामी जेठ १५ गते आगामी वर्ष २०८२–०८३ सालका लागि बजेट ल्याउँदैछ ।
बजेट निर्माणका लागि सबै पक्षसँग परामर्श तथा छलफल गरी सुझाव लिने कार्य सम्पन्न भई निर्माणको प्रक्रिया सुरु भएको अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिए । पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।’
आर्थिक वर्ष २०८२–०८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो । जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं