लागुऔषध देशको साझा समस्याको रूपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताएका हुन् ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताए । उनले युवाहरू लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताए ।
मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दुःखद् भएको बताए । सबैले लागुऔषध दुर्व्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताए ।
प्रहरी प्रवक्ता थापाले नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७९१ वटा रहेको बताए । २७ हजार ७८८ जनशक्ति आवश्यक रहेको बताए । नेपाल प्रहरीले २४ घण्टामा ४२६ वटा सवारी गस्ती, चेकिङ ६०९ स्थानमा, पिकेट १ हजार १६८ वटा हुने गरेको पनि प्रवक्ता थापाले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौं