उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
कार्ययोजना स्वीकृत भएसँगै सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उक्त कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ । सरकारले आगामी बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी गरेको हो ।
अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।
सत्यपाटी संवाददाता । काठमाडौं