विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन् ।
सो सङ्गठनले नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि भएको सहमतिलाई अस्वीकार गरेको हो । योगीले आन्दोलनको २९ औँ दिनपछि हिजो सरकार र महासङ्घबिच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
उनले उक्त सहमतिप्रति पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्र्सना गरे । थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने समेत सो सङ्गठनले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं