२०८२ वैशाख १६ गते, मंगलवार, २९ अप्रिल २०२५ । वैशाख शुक्लपक्ष द्वितीया तिथि । कृत्तिका नक्षत्र । चन्द्रराशि वृष ।
बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन् । तापनि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन् । आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ । प्रयत्न गर्दा सरसापट भने पाइनेछ । लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । मिहिनेतले आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । पछिका लागि लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । सरसापटमा केही रकम बाहिरिन सक्छ ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । मिहिनेत गर्दा जीवनशैलीमै परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्न सफलता मिल्नेछ ।
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ । समस्या पर्दा सहयोगी फेला पर्नेछन् ।
अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजोर रहनेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहला । परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् ।
पछिका लागि अवसर खोजी गर्ने समय छ । पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कामले यात्राको अवसर दिलाउन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।
स्रोतसाधन जुट्नाले मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । काममा धेरै समय जुट्न नसकिएला, योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । तर सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पछिका लागि काम गर्ने समय छ ।
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । पछिका लागि जोहो गर्नुपर्ने समय छ । पेसा–व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ । फाइदाका लागि केही काम दोहोर्याउनुपर्ला ।
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं