सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाले भने, ‘सरकारबाट बाहिरिन सक्छौं’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन, समाधान पनि दिनुपर्छ । आज हामी बाध्यतामा छौं, एक्लै छैनौं, सरकारमा छौं । कतिपय कुरामा हामीले सम्झौता गरेका छौं तर आधारभूत कुरामा कहिल्यै सम्झौता गर्दैनौं । पर्यो भने सरकारबाट बाहिर पनि जान सक्छौं । सरकार नै सबैथोक होइन ।’

कांग्रेस समस्याबाट भाग्ने पार्टी नभएको उनले बताएका छन् । कांग्रेस अहिले सरकारमा जान बाध्य भएको बताउँदै उनले संकटको बेला समाधान दिने जिम्मेवारी काँधमा लिनुपर्ने बताए । महामन्त्री थापाले हाल देखिएको शिक्षक आन्दोलन र निजामती कर्मचारीहरूको आन्दोलनजस्ता विषयमा कांग्रेस जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार ०७:२१

लोकप्रिय