सूचनाको शक्ति - The Power Of Information

        

अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?

फिटकिरीले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ । कसैले यसलाई खानामा पनि प्रयोग गर्छन् । धेरैले चाँहि यसलाई छालाको हेरचाहमा प्रयोग गर्छन् । पानी शुद्ध पार्नुको अलावा यसले छालालाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ ।

तर यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला तपाईंलाई यो कसरी सही तरिकाले प्रयोग गर्ने भनेर थाहा हुन्छ । छालाको हेरचाहमा फिटकिरी समावेश गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए यसरी प्रयोग गर्नुस्,

अनुहारमा फिटकिरी कसरी लगाउने ?

डेड स्किनका लागि – घरबाट बाहिर निस्किदा अनुहारमा जम्मा भएको फोहोर मृत छाला अर्थात् डेड स्किनमा परिणत हुन्छ । यसलाई हटाउन फिटकिरीको स्क्रब फाइदाजनक साबित हुन सक्छ । यसका लागि गुलाबजलमा फिटकिरीको धुलो मिसाएर पेस्ट बनाएर हल्का हातले अनुहारमा मालिस गर्न सकिन्छ ।

चाउरीपनका लागि – बढ्दो उमेरसँगै अनुहारको छाला खुकुलो हुन थाल्छ र त्यसमा चाउरी पर्न थाल्छ । यसलाई हटाउन फिटकिरीको धुलोलाई अण्डाको सेतो भाग वा एलोभेरामा मिसाएर छालामा लगाउनुहोस् अनि १५ मिनेटका लागि छाडिद्निुहोस् । त्यसपछि अनुहारलाई राम्ररी धुनुहोस् । यसले छालालाई कसिलो बनाउन र चाउरीपना कम गर्न मद्दत गर्नेछ ।

डन्डीफोरका लागि – फिटकिरीलाई एन्टी-ब्याक्टेरियलको रूपमा पनि प्रयोग गरिन्छ । यस्तो अवस्थामा यो डन्डीफोरको समस्या हटाउन पनि लाभदायक साबित हुन सक्छ । यसका लागि फिटकिरीलाई पानीमा घोलेर टोनरको रूपमा प्रयोग गर्नुहोस् ।

चिल्लो छाला – छाला चिल्लो छ भने तपाईंले फिटकिरीलाई पानीमा घोलेर त्यसले अनुहार धुन सक्नुहुन्छ । यसले अतिरिक्त तेल नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १६:३९

लोकप्रिय