सूचनाको शक्ति - The Power Of Information

        

सांग्रिला बैंकको सबै सूचकमा सुधार, वितरणयोग्य मुनाफा दोब्बरले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण हेर्दा यस बैंकले सबैजसो सूचकमा सुधार गर्न सफल भएको देखिन्छ । यो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८४३ रुपैयाँ ऋणात्मक रहेको थियो । यसैगरी चालु आर्थिक बर्षको गत त्रैमास (पुस मसान्तसम्म) मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५७३ रुपैयाँ रहेको थियो । यो गत त्रैमासको तुलनामा ९९ दशमलव १९ प्रतिशतले बढी हो ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रति शेयर वितरण योग्य मुनाफा ९.०१ रुपैयाँ पुगेको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६२ करोड १८ लाख ८५ हजार ३९३ रुपैयाँ सञ्चालन मुनाफा र ४३ करोड ४२ लाख १८ हजार ३३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सञ्चालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९ दशमलव ५४ प्रतिशत र गत आर्थिक बर्षको चैत मसान्तको तुलनामा ६० दशमलव ७४ प्रतिशतले बढी हो । यसैगरी खुद मुनाफा, चालु आर्थिक बर्षको गत त्रैमासको तुलनामा १२० दशमलव ९१ प्रतिशतले र गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा ६१ दशमलव १९ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस डेभलपमेन्ट बैंकले ५६ अर्ब ६१ करोड कुल निक्षेप संकलन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १ दशमलव ८४ प्रतिशतले बढी हो । यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो ।

यसैगरी यस डेभलपमेन्ट बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ भने प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १० दशमलव ९३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७ दशमलव ७६ रहेको थियो ।

बैंकले खराब कर्जा घटाउनमा पनि प्रगति गरेको छ । चालु आर्थिक वर्षको गत त्रैमासमा ४ दशमलव ९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४ दशमलव ९७ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, आइतवार ०९:५३

लोकप्रिय