मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका–५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ कि १३ वर्षीया मानुसी मगर छिन् । मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २०० मिटर तल खसेको थियो । दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन् ।
घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १६ जना सवार थिए । चालक सर्लाहीको बागमती गाउँपालिका–५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ । उनको पनि हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मकवानपुर