आज बिहिबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेपाली बजारमा सुनको भाउ ३ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । हिजो तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ९० हजार ६०० पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । आज चाँदीको भाउ ५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९६० रुपैयाँ कायम भएको छ । पछिल्ला दिनहरुमा सुनको भाउले लगातार नयाँ रेकर्ड राख्दै आएको छ । विश्वमा भएको युद्ध र व्यापारमा ट्यारिफ लगाउँने प्रतिस्पर्धाले पछिल्लो समय सुनको वृद्धि भएको जानकारहरु बताउँछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं