कालीकोटको सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ । कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् । कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नुपरेको उपभोक्ताको भनाई छ ।
जिल्लाको मुटु मानिने खाँडा चक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय भने मौन बसेको भन्दै नागरिकले गुनासो व्यक्त गरेका छन् । मान्ममा होटेल व्यवसाय गदै आएका धनबहादुर वटालाले सरकारले नागरिकको समस्या प्रति चासो नदिएको बताए ।
‘सरकार छ, सधैँ आफैले देखिरहेको छ बजारको पिउने पानीको समस्या यही कुरा सम्बोधन गर्न तिर चासो छैन के स्थानीय र हाम्रो नजिकको सरकार भनेर खुसी हुनु ?’ वटालाले आक्रोश पोख्दै भने । खानेपानीको समस्या दिनानुदिन चर्किँदै गएपछि मान्म बजारमा होटेल व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् ।
पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीय हिक्मतजंग मल्ल भनाई छ । मल्लले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गरे । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएको हो । ‘धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार छ,’ मल्लले भने, ‘यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान गएको छैन ।’
स्थानीय कमल शाहीले खाँडा चक्र नगरपालिका–१ को बजार क्षेत्रमा पिउने पानीको सङ्कट गहिरिँदा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरी घरघरमा पानी लगेको खुलासा गरे । सर्वसाधारणको धारामा भने हप्तौँसम्म पानी नआएको उनको गुनासो छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले अभावको मार खेप्नुपरेको छ ।
खानेपानी वितरणको जिम्मा लिएको मान्म खानेपानी उपभोक्ता समिति पनि बेखबर छ । कर्मचारी कहिल्यै पनि समयमा पानीको ट्याङ्की सम्म पुगेको रेकर्ड छैन । मान्म बजारको पश्चिमतिरका नागरिकलाई लक्षित गरेर बनाइएको ट्याङ्कीमा महिनामा दुई दिन पानी पुग्छ । त्यहाँ भएको पानी पनि सशस्त्र प्रहरी बलको ब्यारेक र जिल्ला कारागारका लागि ठिक्क ।
स्थानीय सिर्जना शाहीले पिउने पानीको अभाव कुनै दिन र महिनामा नहटेको गुनासो गरे । उनले भने, ‘पानी पाइँदैन, तर महिनामा १५० रुपैयाँ बिल भने नतिरी भएको छैन ।’ बजारको पानी व्यवस्थापनका लागि स्थानीय सरकारले समेत चासो नदिएको सर्वत्र गुनासो छ । मान्ममा मेडिकल सञ्चालन गदै आएका स्थानीय दिपवहादुर शाहीले आफू मान्म बसेको २० वर्ष भयो ।
दुई दशकसम्म कुनै पनि दिन पुग्ने गरेर पानी नपाएको सुनाए । उनले भने, ‘हामीले कति विरोध, धर्ना प्रशासनसँग गुनासो राखेका छौं ।’ तर कसैबाट पनि पिउने पानीको समस्या समाधान नहुँदा अब आफै एक घण्टा टाढासम्म गएर मोेटरसाईकलमा पिउनका लागि पानी ल्याउने गरेको शाहीको भनाई छ । नगरपालिका प्रमुख कमलबहादुर शाहीले भने नयाँ योजना सम्पन्न हुँदा पनि पिउने पानीको अभाव हुनु मुहानकै समस्या भएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कालीकोट