सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजाले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद हुँदैन’ (भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न राजसंस्थाले योगदान दिँदै आएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार जारी भिडियो सन्देशमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना अनुसार चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्पराप्रति आफ्नो मान्यता रहेको उल्लेख गरे । ‘राजसंस्थाले सधैँ राष्ट्रियता र प्रजातन्त्रको पक्षमा काम गरेको छ,’ उनले भने ।

यद्यपी पूर्वराजा शाहले गत फागुनमा प्रजातन्त्र दिवसमा बोलेको विषय सच्याएका छन् । आइतबार नयाँ वर्ष २०८२ सालको अवसरमा एक भिडियो सन्देश जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका हुन् । हरेक समस्याको समाधान संवाद, समन्वय, सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बताए । उनले भनेका छन्, ‘हाम्रा आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो ।’

संसार धेरै अघि बढिसकेको भन्दै नेपाल आमालाई केन्द्रमा राखेर कदम चल्नुपर्ने बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा बाद हुँदैन वास्तविक प्रजातन्त्र जहाँ हुन्छ त्यहाँ राम्रो नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ,’ उनले भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले वास्तविक लोकतन्त्रमा जनगुनासो सुन्नुपर्ने बताए । उनले भनेका छन्, ‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं, उनले भनेका छन्, जुन जागरुकता पैदा भएको छ २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौं ।’ उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको पनि उनले बताएका छन् ।

‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरेका थिए । ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले जारी गरेको १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनिएको थियो, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’

प्रकाशित मिति : १ बैशाख २०८२, आइतवार १७:३८

लोकप्रिय