सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा लागुऔषध कारोवार उच्च

जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्षमा २६४ जना लागुऔषध कारोवारीविरुद्ध मुद्दा अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार २६४ जना लागुऔषध कारोवारीमध्ये नेपाली पुरुष २४५ जना, भारतीय पुरुष १२ जना तथा नेपाली महिला सात जना छन् ।

चालु आर्थिक वर्षको हालसम्म यसको ग्राफ बढेर २३९ जना पुगिसकेका छन् । जसमा २१४ जना नेपाली पुरुष, आठ जना भारतीय पुरुष तथा नेपाली महिला १७ जना छन् । उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध कारोवार मुद्दा चलाएको अवस्था छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा यो सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ ।

९९५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । तर चालु आर्थिक वर्षको अहिलेसम्म भने २ केजी ४ ग्राम ८८३ मिलिग्राम ब्राउनसुगर बरामद गरिसकेको छ । ब्राउनसुगरको कारोवार बढे पनि चरेसको कारोबार भने केहि घटेको छ । गत आर्थिक वर्षमा १६ केजी चरेस बरामद गरेको बाँके प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म भने ४ केजी मात्रै चरेस बरामद गरेको छ । यस आर्थिक वर्षको हालसम्म अफिम भने बरामद भएको छैन ।

यद्यपी गत आर्थिक वर्षमा १५ केजी अफिम बरामद भएको थियो । अघिल्लो आर्थिक वर्षमा ५ केजी ८६८ ग्राम गाँजा बरामद गरेको बाँके प्रहरीले यस वर्ष २ केजी २५० ग्राम मात्रै बरामद गरेको छ । अघिल्लो आर्थिक वर्षमा कोरेक्स ३ लिटर ३०० मिलिलिटर बरामद भएको बाँके जिल्लामा यस वर्ष भने देखिएको छैन । नाइट्रोजेपाम गत आर्थिक वर्षमा ८१२ ट्याब्लेट बरामद भएकोमा यस आर्थिक वर्षमा ३ हजार ४६२ बरामद भएको छ ।

ट्रामाडोल गत आर्थिक वर्षमा बरामद भएको थिएन भने अहिलेसम्म ५ हजार ट्याब्लेट बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मल्लले जानकारी दिए । विभिन्न प्रकारका लागुऔषधको अवैध कारोबार भइरहेको अवस्थाबारे जानकारी दिँदै प्रहरी निरिक्षक मल्लले यस्ता कारोबारीहरूलाई सूचनाका आधारमा र लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरी मुद्दा अगाडि बढाउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार ०८:१२

लोकप्रिय