बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
कोहलपुर–७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, ७ वडामा जग्गा नापजाँचको काम भइरहेको उनले बताए । अध्यक्ष खनालले नेपालगन्जमा आजदेखि नै काम सुरु गरिने उल्लेख गर्दै डुडुवा र नरैनापुर गाउँपालिकामा लगत संकलन कार्य भइरहेको जानकारी दिए ।
‘अझै पनि केही स्थानीय तहमा लगत संकलन सकिएको छैन । तर केही स्थानमा नापजाँच सुरु भइसेकेको छ,’ उनले भने । अहिलेसम्म जिल्लाभर ५३ हजार ७३० कित्ता जग्गाको लगत संकलन भएको छ । यसअघि गठन भएको सुकुम्बासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५ नापजाँचका लागि निवेदन परेको थियो ।
त्यसैगरी राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, बैजनाथमा १० हजार ११२, नेपालगन्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
आयोगका अध्यक्ष खनालले दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुम्बासीतर्फका ६ हजार ७९८ कित्ता रहेको बताए । बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासी छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके