सूचनाको शक्ति - The Power Of Information

        

कस्तो हुनेछ आज देशभरको मौसम ?

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार ०८:५६

लोकप्रिय