कतार सरकारले १८ नेपालीको कैद मिनाहा गरेको छ । रमजान र ईदको अवसरमा त्यहाँको सरकारले १८ नेपालीको कैद मिनाहा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसका लागि नेपाल सरकारले दूतावासमार्फत पहल गरेको थियो ।
दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘पवित्र रमजान महिना र ईदको पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई दिइएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा यस प्रकारको क्षमादानलाई मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं