गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ । गर्मीमा आँखा यसरी रातो किन हुन्छ रु चर्को घाम, घुलो माटो लगायत अन्य कयौँ कारणले गर्दा गर्मीको मौसममा आँखा रातो हुने गरेको विज्ञहरू बताउँछन् ।
कतिपय अवस्थामा आँखा बिझाउने वा पोल्ने समस्या पनि आउँछ । आँखाको रातोपन र पोल्ने समस्या कम गर्न आइस प्याकले आँखा सेक्न सकिन्छ । यसका लागि हलुकासँग आइस प्याकलाई आँखामाथि केही मिनेटसम्म राख्नु पर्छ । यस्तो गर्दा आँखालाई शीतल हुन्छ । आँखामा आइस प्याक लगाउनुअघि हात राम्ररी सफा गर्न भने नभुल्नुहोला ।
शरीरमा पानीको कमीका कारण पनि गर्मीमा आँखा सुख्खा भएर रातो हुने पोल्ने समस्या देखिन सक्छ । शरीरलाई सुख्खा हुन नदिन दिनभरि पर्याप्त मात्रामा पानी पिउनुहोस् । पानीले शरीरमा भएको सङ्क्रमणहरूलाई पनि बाहिर निकाल्ने विज्ञहरू बताउँछन् । गर्मीको मौसममा आँखाको सङ्क्रमणबाट बच्नका लागि घर बाहिर जाने बेलामा यूभी प्रोटेक्शन भएको चस्मा लगाउनुहोस् ।
यसले गर्मी र धुलो दुबैबाट आँखालाई जोगाउँछ । गर्मीमा शरीरमा खुबै पसिना आउँछ । कहिलेकाहीँ पसिना बगेर आँखामा पस्दा पनि पोल्ने र इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्छ । त्यसैले बाहिरबाट घर छिर्ने बित्तिकै वा दिनभरमा ३र४ पटक आँखालाई सफा अनि चिसो पानीले धुनुहोस् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं