दाङको तुलसीपुरबाट भारत तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको गाडी भारतको बहराइचमा दुर्घटना भएको हो ।
तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तुलसीपुर–७ की ८० वर्षीय वृद्धाको पनि मृत्यु भएको छ । अरू दुई जनाको नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ