सूचनाको शक्ति - The Power Of Information

        

भिरबाट लडेर जाजरकोटमा एक जनाको मृत्यु

जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बारेकोट गाउँपालिका–३ स्थित पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो ।

मंगलबार घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा उनी लडेर घाइते भएका थिए । उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०९:२४

लोकप्रिय